०६ साउन २०८३, बुधबार

आईएमएफको ठहर– श्रीलङ्काको अर्थतन्त्रमा कठिन तर अति आवश्यक सुधार देखियो

असोज ११, २०८०
काठमाडौं
आईएमएफको ठहर– श्रीलङ्काको अर्थतन्त्रमा कठिन तर अति आवश्यक सुधार देखियो

कोलम्बो– श्रीलङ्काले कठिन तर अति आवश्यक सुधारहरू कार्यान्वयन गर्ने दिशामा प्रशंसनीय प्रगति गरेको अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले बुधवार जनाएको छ । 

श्रीलङ्काका सुधारहरू कार्यान्वयन गर्ने दिशामा गरिएका प्रयासहरूले प्रतिफल राम्रो दिइरहेको र अर्थव्यवस्था स्थिरीकरणको अस्थायी सङ्केतहरू देखा परिरहेको आईएमएफले बताएको हो । 

पिटर ब्रुएर र कात्सियारिना स्विरिड्जेन्काको नेतृत्वमा आएको आईएमएफ टोलीले विस्तारित कोष सुविधा व्यवस्था अन्तर्गत कार्यक्रमको पहिलो समीक्षाको अनुमोदनलाई समर्थन गर्न आर्थिक र वित्तीय नीतिहरूमा छलफल गर्न सेप्टेम्बर १४ देखि २७ सम्म कोलम्बोको भ्रमण गरेको थियो । 

छलफलपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘सेप्टेम्बर २०२२ मा मुद्रास्फीति ७० प्रतिशतको शिखरमा रहेको र यसबाट घटेर सेप्टेम्बर २०२३ मा दुई प्रतिशतभन्दा तल झरेको छ र यस वर्षको मार्च–जुनमा कूल अन्तर्राष्ट्रिय सञ्चिति १.५ अर्ब अमेरिकी डलरले बढेको छ ।   स्थिरीकरणको प्रारम्भिक सङ्केतका बावजुद, पूर्ण आर्थिक पुनरुत्थान अझै सुनिश्चित भएको छैन ।’

दोस्रो त्रैमासिकमा वास्तविक कूल गार्हस्थ्य उत्पादन (जीडीपी) ३.१ प्रतिशतले खुम्चिएको छ र उच्च आवृत्तिका आर्थिक सूचकहरूले मिश्रित सङ्केतहरू प्रदान गर्न जारी राखेका छन् । हालैका महिनाहरूमा सञ्चयमा कमी आएको छ,’ ब्रुएरले भने । 

अर्थतन्त्रलाई दिगो पुनःरुत्थान, स्थिर र समावेशी आर्थिक वृद्धिको मार्गमा अघि बढाउन सुधारको गतिलाई निरन्तरता दिनु महत्वपूर्ण रहेको उनको भनाइ छ । 

आईएमएफ टोलीले भनेको छ, ‘अधिकारीहरूले कार्यक्रमको प्राथमिक सन्तुलन लक्ष्यहरू पूरा गरेका छन् र कार्यक्रमको यस महत्वपूर्ण स्तम्भप्रति प्रतिबद्ध छन् ताकि ऋण स्थिरता पुनःस्र्थापना गर्ने उनीहरूको प्रयासलाई समर्थन गर्न सकियोस् ।’ 

salt training

कमेन्ट गर्नुहोस्