२२ जेठ २०८३, शुक्रबार

नारायणी नदीमा नुहाउने क्रममा दुई युवक बेपत्ता

असोज ११, २०८०
चितवन
नारायणी नदीमा नुहाउने क्रममा दुई युवक बेपत्ता
फाइल फोटो

नारायणी नदीमा नुहाउने क्रममा दुई युवक बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा भारत आसाम घर भई धनगढीस्थित लक्ष्मीनारायण मन्दिरमा संस्कृत विषय अध्ययनरत १९ वर्षीय भोजराज अधिकारी र धनगढी उपमहानगरपालिका–३ मिलन चोक बस्ने वर्ष १७ को पङ्कज दाहाल रहेका प्रहरीले जनाएको छ ।

पवित्र तिर्थस्थल देवघाटमा आएका उनीहरू आज बिहान करिब ७ बजेतिर नुहाउने क्रममा बेपत्ता भएका हुन् ।

धनगढी उपमहानगरपालिका र लक्ष्मीनारायण मन्दिरको संयुक्त आयोजनामा उनीहरू देवघाट आएका थिए । 

नदीमा नुहाउने क्रममा बेपत्ता भएको भन्ने खबर प्राप्त भएपछि अस्थायी प्रहरी पोष्ट देवघाट र वडा प्रहरी कार्यालय नारायणगढबाको टोली खटिएको थियो । 

टोलीले बेपत्ता भएकाको खोजी गरिरहेको चितवन प्रहरीका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्