२८ जेठ २०८३, बिहीबार

सर्लाहीमा जलाउन लागेको शव प्रहरी नियन्त्रणमा, ३ जना पक्राउ

असोज ११, २०८०
काठमाडौं
सर्लाहीमा जलाउन लागेको शव प्रहरी नियन्त्रणमा, ३ जना पक्राउ

सर्लाहीमा जलाउन लागिएको एक युवतीको शव प्रहरीले नियन्त्रणमा लिएको छ । २१ वर्षीया मनीषा साहको शव प्रहरीले नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय, सर्लाहीका प्रमुख एसपी नरेशराज सुवेदीले जलाउन लागेको शव शंकास्पद लागेपछि नियन्त्रणमा लिएर प्रादेशिक अस्पताल मलंगवामा पोष्टमार्टमा लागि पठाइएको जानकारी दिए । 

प्रहरीले मृतक मनीषाका श्रीमान् सुनिल साह, ससुरा रामेश्वर साह र देवर रामबाबु साहलाई नियन्त्रणमा लिएको छ । 

एसपी सुवेदीका अनुसार मृतकको गलामा निलडाम देखिएपछि शंका लागेर शव नियन्त्रणमा लिइएको हो । 

‘मनीषाको बुधवार बेलुका मृत्यु भएको जानकारीमा आएको छ । प्रहरीलाई ढिलै सूचना आयो । हामीले जलाउन लाग्दै गर्दा हामीले बुधवारै नियन्त्रणमा लिएका हौं,’ एसपी सुवेदीले लोकान्तरसँग भने ।
 

salt training

कमेन्ट गर्नुहोस्