३२ असार २०८३, बिहीबार

एमाले बागमतीको अध्यक्षमा कैलाश र कृष्णको प्रतिस्पर्धा

असोज ११, २०८०
काठमाडौं
एमाले बागमतीको अध्यक्षमा कैलाश र कृष्णको प्रतिस्पर्धा

 नेकपा (एमाले) को बागमती प्रदेश अध्यक्षमा दुई जनाबीच प्रतिस्पर्धा हुने भएको छ । यसअघि उम्मेदवारी दिएका अध्यक्षका उमेदवार केशरबहादुर बुढाथोकी, केशव पाण्डे र सानु श्रेष्ठले उम्मेदवारी फिर्ता लिएसँगै अन्तिममा दुई उम्मेदवार कायम भएको हो । 

यससँगै अब कैलाश ढुंगेल र कृष्ण दाहालबीच प्रतिस्पर्धा हुने देखिएको छ । एमाले नेता रामेश्वर फुयालले रातभर अझै पनि सहमतिको प्रयास हुने बताए । सहमति नभएमा शुक्रबार भने मतदान गर्ने एमालेको तयारी छ । 

सहमतिको प्रयास जारी रहेकाले नै  बिहीबार नै हुने भनिएको मतदान ढिलाइ हुन पुगेको बताइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्