
नेकपा (एमाले) बाग्मती प्रदेश अधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि अझै मतदान शुरू हुन सकेको छैन । बिहान साढे ११ बजे शुरू हुने भनिएको मतदान साढे १ बज्दासमेत शुरू हुन सकेको छैन ।
यसअघि आजै बिहान ८ बजेदेखि शुरु हुने भनिएको थियो ।
नेतृत्व चयनका लागि सहमति हुन नसकेपछि निर्वाचन हुन लागेको हो । एमाले अधिवेशन शुरू भएको पाँच दिन भइसकेको छ ।

चर्को घाममा नेतृत्वका आकांक्षीले प्रतिनिधिसँग मत मागिरहेका छन् ।
अध्यक्षका लागि कृष्णप्रसाद दाहाल र कैलाश ढुंगेल चुनावी मैदानमा छन् । निर्वाचन शुरू हुनुअघि उम्मेदवारहरू प्रतिनिधिसँग मत मागिरहेका छन् । मत माग्ने क्रममा उनीहरूले पर्चाहरू पनि बाँडिरहेका छन् ।

शुक्रबार चर्को घाममा प्रचार गरिरहेका उनीहरूले गर्मी छल्न रुखको छहारी खोज्न थालेका छन् । चर्को घामले सताएपछि उनीहरू केन्द्रीय कार्यालय च्यासलस्थित मतदान केन्द्रस्थलमा रुखको छहारीमुनि बसिरहेका छन् ।