
नेपालका लागि सिट्रोन गाडीको आधिकारिक वितरक साङ्ग्रिला मोटर्स प्रालिले पोखरामा नयाँ शोरुम विस्तार गरेको छ ।
एसएसएल मोटर्स कम्पनी प्रालिले शुरू गरेको नयाँबजारको शोरुममा सिट्रोन ईसीथ्री र सिट्रोन सीथ्री मोडेलका गाडी बिक्रीका लागि राखिएको छ ।
यातायात व्यवस्था कार्यालय सवारी गण्डकीका कार्यालय प्रमुख डिल्लीराज रिजाल र सिट्रोनको लागि नेपालको आधिकारिक बिक्रेता सांग्रिला मोटर्सका असिस्टेन्ट जनरल म्यानेजर किरण श्रेष्ठले बिहीवार एक कार्यक्रमबीच शोरुमको उद्घाटन गरेका हुन् ।

सन् १९१९ मा आन्द्रे गुस्तावेद्वारा स्थापित फ्रान्सेली सवारी साधनको अग्रगामी सिट्रोनले इनोभेशन र साहसलाई परिभाषित गर्दछ । पहुँचयोग्य इनोभेशन गरिरहने आफ्नो प्रतिबद्धताका लागि परिचित सिट्रोन कम्पनी सन् १९१९ मा टाईप ए १० एचपीबाट शुरू भई सन् १९२७ सम्म वार्षिक ५० हजारभन्दा बढी सवारी साधनहरू उत्पादन गर्दै विश्वको चौथो–ठूला सवारी उत्पादक बनेको थियो ।
फ्रान्सेली संस्कृति र सवारी साधनको इतिहास, दुवैमा दृढतापूर्वक जरा गाडेर एक शताब्दीभन्दा बढी सम्पदा र ३०० प्रतिष्ठित मोडेलहरूको साथ सिट्रोन इनोभेशन र कनेक्शनको प्रतीक बनेको छ ।
सिट्रोन ईसीथ्रीमा २९.२ केडबल्यूएच ब्याट्री छ । जसले ४२.५ किलोवाट मोटर पावर र १४३ एनएमको टर्कको साथ प्रभावशाली प्रदर्शन गर्ने कम्पनीले जनाएको छ ।
यसको अद्वितीय विद्युतीय पावरट्रेनले सरल एक्सिलरेशन र रमाईलो ड्राइभिङको अविश्मरणीय अनुभव सुनिश्चित गर्ने कम्पनीको दाबी छ ।
यसको लाइभ भेरियन्टको मूल्य ३२ लाख ९९ हजार र फील भेरियन्टको मूल्य ३४ लाख ९९ हजार रुपैयाँ रहेको छ । सिट्रोनको निर्धारित मूल्य भारतमा बनेको सबैभन्दा कम मूल्यको ईभी बनेको छ ।
यस सिट्रोन ईभीको ब्याट्रीको आयु डीसी फास्ट चार्जरबाट गर्दा पनि धेरै समयसम्म टिक्ने कम्पनीको दाबी छ । कम्पनीले यो कारमा ७ वर्ष वा १ लाख ४० हजार किलोमिटरको ब्याट्री प्याकको वारेन्टी दिएको छ ।
त्यसैगरी यसमा दिइएको विद्युतीय मोटरमा ५ वर्ष वा १ लाख किलोमिटरको वारेन्टी रहेको छ ।
उपभोक्ताहरूको अत्यधिक मागलाई सम्बोधन गर्दै सिट्रोनले आफ्नो आईस (इन्टरनल कम्बस्चन इन्जिन) मोडेल पनि उपलब्ध गराएको छ ।
फिल विथ भाइब प्याकेजसहित ३६ लाख ४९ हजारमा पाइने यी गाडीहरूमा अत्याधुनिक प्रविधि र शक्तिशाली प्रदर्शनको संयोजन रहेको कम्पनीले जनाएको छ ।
साङ्ग्रिला मोटर्सले दशैं र तिहारको अवसरमा प्रमोशनल स्किम पनि ल्याएको छ ।
यस योजना अन्तर्गत ग्राहकहरूले आकर्षक छुट, निःशुल्क सडक कर र एक वर्षभरिको लागि निःशुल्क व्यापक बीमा लगायतका फाइदा लिन सक्नेछन् ।