३० जेठ २०८३, शनिबार

सिट्रोनको शोरुम अब कास्कीको पोखरामा

असोज १२, २०८०
काठमाडौं
सिट्रोनको शोरुम अब कास्कीको पोखरामा

नेपालका लागि सिट्रोन गाडीको आधिकारिक वितरक साङ्‌ग्रिला मोटर्स प्रालिले पोखरामा नयाँ शोरुम विस्तार गरेको छ ।​

एसएसएल मोटर्स कम्पनी प्रालिले शुरू गरेको नयाँबजारको शोरुममा सिट्रोन ईसीथ्री र सिट्रोन सीथ्री मोडेलका गाडी बिक्रीका लागि राखिएको छ ।

यातायात व्यवस्था कार्यालय सवारी गण्डकीका कार्यालय प्रमुख डिल्लीराज रिजाल र सिट्रोनको लागि नेपालको आधिकारिक बिक्रेता सांग्रिला मोटर्सका असिस्टेन्ट जनरल म्यानेजर किरण श्रेष्ठले बिहीवार एक कार्यक्रमबीच शोरुमको उद्घाटन गरेका हुन् ।

null

सन् १९१९ मा आन्द्रे गुस्तावेद्वारा स्थापित फ्रान्सेली सवारी साधनको अग्रगामी सिट्रोनले इनोभेशन र साहसलाई परिभाषित गर्दछ । पहुँचयोग्य इनोभेशन गरिरहने आफ्नो प्रतिबद्धताका लागि परिचित सिट्रोन कम्पनी सन् १९१९ मा टाईप ए १० एचपीबाट शुरू भई सन् १९२७ सम्म वार्षिक ५० हजारभन्दा बढी सवारी साधनहरू उत्पादन गर्दै विश्वको चौथो–ठूला सवारी उत्पादक बनेको थियो ।

फ्रान्सेली संस्कृति र सवारी साधनको इतिहास, दुवैमा दृढतापूर्वक जरा गाडेर एक शताब्दीभन्दा बढी सम्पदा र ३०० प्रतिष्ठित मोडेलहरूको साथ सिट्रोन इनोभेशन र कनेक्शनको  प्रतीक बनेको छ ।

सिट्रोन ईसीथ्रीमा २९.२ केडबल्यूएच ब्याट्री छ । जसले ४२.५ किलोवाट मोटर पावर र १४३ एनएमको टर्कको साथ प्रभावशाली प्रदर्शन गर्ने कम्पनीले जनाएको छ ।

यसको अद्वितीय विद्युतीय पावरट्रेनले सरल एक्सिलरेशन र रमाईलो ड्राइभिङको अविश्मरणीय अनुभव सुनिश्चित गर्ने कम्पनीको दाबी छ ।

यसको लाइभ भेरियन्टको मूल्य ३२ लाख ९९ हजार र फील भेरियन्टको मूल्य ३४ लाख ९९ हजार रुपैयाँ रहेको छ ।​ सिट्रोनको निर्धारित मूल्य भारतमा बनेको सबैभन्दा कम मूल्यको ईभी बनेको छ ।

यस सिट्रोन ईभीको ब्याट्रीको आयु डीसी फास्ट चार्जरबाट गर्दा पनि धेरै समयसम्म टिक्ने कम्पनीको दाबी छ । कम्पनीले यो कारमा ७ वर्ष वा १ लाख ४० हजार किलोमिटरको ब्याट्री प्याकको  वारेन्टी दिएको छ ।​​ 

त्यसैगरी यसमा दिइएको विद्युतीय मोटरमा ५ वर्ष वा १ लाख किलोमिटरको वारेन्टी रहेको छ ।

उपभोक्ताहरूको अत्यधिक मागलाई सम्बोधन गर्दै  सिट्रोनले  आफ्नो  आईस (इन्टरनल कम्बस्चन इन्जिन)  मोडेल  पनि उपलब्ध  गराएको  छ ।

फिल विथ भाइब प्याकेजसहित ३६ लाख ४९ हजारमा पाइने यी गाडीहरूमा अत्याधुनिक प्रविधि र शक्तिशाली प्रदर्शनको संयोजन रहेको कम्पनीले जनाएको छ ।​

साङ्‌ग्रिला मोटर्सले दशैं र तिहारको अवसरमा प्रमोशनल स्किम पनि ल्याएको छ ।

यस योजना अन्तर्गत ग्राहकहरूले आकर्षक छुट, निःशुल्क सडक कर र एक वर्षभरिको लागि निःशुल्क व्यापक बीमा लगायतका फाइदा लिन सक्नेछन् ।

salt training

कमेन्ट गर्नुहोस्