
बीवाईडीको आधिकारिक बिक्रेता साइमेक्स इन्क प्रालिले ब्लेड ब्याट्रीको ‘नेल पेनीट्रेसन टेष्ट’ गरेको छ । शुक्रवार काठमाडौंमा भएको उक्त परीक्षणमा रियोले ब्याट्रीलाई प्वाल पारेर परीक्षण गरेको हो ।
यसरी प्वाल पार्दा ब्लेड ब्याट्रीबाट कुनै प्रकारको आवाज, धुवा नआएको वा आगलागी हुने कुनै घटना नभएको कम्पनीले जनाएको छ ।
यस्तै, एनसीएम ब्याट्रीमा गरिएको परीक्षणमा भने ठूलो आवाजसहित आगलागी भएको थियो ।

‘नेल पेनीट्रेसन टेष्ट’ ब्याट्रीको तापक्रम बढाएर गरिने सबैभन्दा कठिन परीक्षण हो । ब्याट्रीलाई मेसिनले थिचेर र सियो जस्तो किलाले प्वाल पारेर यसको परीक्षण गरिएको थियो ।
यसरी प्वाल पर्दा बीवाईडीको ब्लेड ब्याट्री ६० डिग्रीसम्म तातेको थियो ।
यही एनसीएम ब्याट्री ५०० डिग्री तातेर आगलागी भएको कम्पनीले जनाएको छ ।

कम्पनीले बिक्री गर्ने सबै गाडीमा ब्लेड ब्याट्री प्रयोग भएको बताउँदै साइमेक्स इन्कको सीईओ सहिल श्रेष्ठले भने, ‘सुरक्षामा अब्बल ब्लेड ब्याट्री रहेका सबै गाडी हामीले उपलब्ध गराएका छौं । प्रोडक्ट रेन्जसँग बीवाईडीको ब्लेड ब्याट्रीको सुरक्षामा एकिन गराउन यो परीक्षण गरेका हौं ।’
बीवाईडी हेडक्वाटरको सहयोग र बीवाईडी भारत टेक्नीकल सपोर्टमा उक्त कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको साइमेक्स इन्कका अध्यक्ष अनिल श्रेष्ठले जानकारी दिएका छन् ।
