×

ब्याडमिन्टनको मेन्स टिममा प्रिन्स सम्मिलित नेपाल पराजित

काठमाडाैं | असोज १२, २०८०

फाइल तस्बिर

प्रिन्स दाहाल सम्मिलित नेपालको पुरुष ब्याडमिन्टन टोली हानझाओमा जारी १९औं एशियाली खेलकुदको पुरुष टिम प्रतिष्पर्धाबाट बाहिरिएको छ ।

बिनजियाम जिम्नाजियममा शुक्रवार भएको क्वार्टरफाइनलमा नेपाली टोली भारतसँग २–० को सोझो सेटमा पराजित हुँदै बाहिरिएको हो । पहिलो खेलमा माल्दिभ्सलाई हराउँदै भारतसँग भेट पक्का गरेको नेपाली टोलीको प्रदर्शन सन्तोषजनक रहेन । यु–१९ विश्व वरीयतामा पूर्वनम्बर एक खेलाडी प्रिन्सको टोलीले निरिहपूर्ण प्रदर्शन ग¥यो । सबैभन्दा पहिला खेलका प्रिन्स भारतका लक्ष्य सेनसँग २१–५ र २१–८ ले पराजित भए । दोस्रो सेटमा सुरुआती अग्रता लिएका प्रिन्सले त्यसलाई कायम राख्न सकेनन् । उक्त सेट पनि उनले सहजै गुमाउन पुगे ।


Advertisment

दोस्रो खेल खेल्न आएका सुनिल जोशीको प्रदर्शन पनि निरासपूर्ण रह्यो । उनले श्रीकान्त किदाम्बीसँग पहिलो सेट २१–४ ले सहजै गुमाए । दोस्रो सेटमा उनले सुधारिएको खेल देखाए पनि आफ्नो पक्षमा पार्न सकेनन् । उक्त सेट पनि सुनिलले २१–१३ ले गुमाएपछि नेपालको हार पक्का भयो । तेस्रो खेलमा विष्णु कटुवालले मिथुन मन्जुनाथसँथ २१–२ र २१–७ ले हार व्यहोरेपछि नेपालले मेन्स टिम प्रतिष्पर्धा ३–० ले गुमायो । 


Advertisment

जेठ १६, २०८१

क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन दबाबका लागि महाराजगञ्जस्थित अमेरिकी राजदूतावास घेर्न गएका युवा बालुवाटारमै धर्नामा बसेका छन् । दूतावासतिर जानबाट प्रहरीले रोकेपछि उनीहरू प्रधानमन्त्रीनिवास बाहिरै ध...

जेठ १३, २०८१

शहरी प्रतिद्वन्द्वी म्यानचेस्टर सिटीलाई हराउँदै म्यानचेस्टर युनाइटेडले एफए‌ कपको उपाधि जितेको छ । शनिबार राति भएको फाइनलमा सिटीलाई २–१ गोल अन्तरले हराउँदै युनाइटेडले उपाधि जितेको हो । युनाइटेड...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

जेठ ३, २०८१

भारतीय फुटबल टोलीका कप्तान सुनील क्षेत्रीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् ।  बिहीबार सोसल मिडिया प्लेटफर्म एक्समा भिडियो सेयर गर्दै सुनीलले सन्न्यासबारे जानकारी दिएका हुन् ।  ...

जेठ १५, २०८१

सरकारले विराटनगरको गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा विकास गर्ने भएको छ ।  मंगलवार संसदमा आर्थिक वर्ष २०८१–८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले ...

बैशाख २७, २०८१

खेल र पर्यटन क्षेत्रलाई सँगसँगै अगाडि बढाउन सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिका–५ स्थित महभिरमा अन्तर्राष्ट्रियस्तरको ‘रक क्लाइम्बिङ’ प्रतियोगिता हुने भएको छ ।   साहसिक खेल ‘रक क्...

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

असार १२, २०८१

समाजवादको आधारभूत स्तम्भका रूपमा रहेको सहकारी अभियान यतिखेर संकटमा छ । जो कोहीले ‘सहकारी’ शब्द नै उच्चारण गर्न नसक्ने अवस्था बनेको छ । सहज वातावरण हुँदा सर्वसाधारण सहकारीबाट अ‍ैँचोपैँचो, सर...

समाज सुधारका १२ सूत्र

समाज सुधारका १२ सूत्र

असार ११, २०८१

समाजमा बसेपछि सबैसँग सद्भाव, मित्रता, सहनशीलता, क्षमायाचना, त्याग, शालीनता, भद्रता आदि कुराको आवश्यकता पर्दछ । हरेक मानिस र उसको पारिवारिक अवस्था फरक–फरक हुन्छ। सानातिना कुरामा विवाद गर्ने, निहुँ खोज्ने...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

x