१२ साउन २०८३, मंगलबार

ब्याडमिन्टनको मेन्स टिममा प्रिन्स सम्मिलित नेपाल पराजित

असोज १२, २०८०
काठमाडौं
ब्याडमिन्टनको मेन्स टिममा प्रिन्स सम्मिलित नेपाल पराजित
फाइल तस्बिर

प्रिन्स दाहाल सम्मिलित नेपालको पुरुष ब्याडमिन्टन टोली हानझाओमा जारी १९औं एशियाली खेलकुदको पुरुष टिम प्रतिष्पर्धाबाट बाहिरिएको छ ।

बिनजियाम जिम्नाजियममा शुक्रवार भएको क्वार्टरफाइनलमा नेपाली टोली भारतसँग २–० को सोझो सेटमा पराजित हुँदै बाहिरिएको हो । पहिलो खेलमा माल्दिभ्सलाई हराउँदै भारतसँग भेट पक्का गरेको नेपाली टोलीको प्रदर्शन सन्तोषजनक रहेन । यु–१९ विश्व वरीयतामा पूर्वनम्बर एक खेलाडी प्रिन्सको टोलीले निरिहपूर्ण प्रदर्शन ग¥यो । सबैभन्दा पहिला खेलका प्रिन्स भारतका लक्ष्य सेनसँग २१–५ र २१–८ ले पराजित भए । दोस्रो सेटमा सुरुआती अग्रता लिएका प्रिन्सले त्यसलाई कायम राख्न सकेनन् । उक्त सेट पनि उनले सहजै गुमाउन पुगे ।

दोस्रो खेल खेल्न आएका सुनिल जोशीको प्रदर्शन पनि निरासपूर्ण रह्यो । उनले श्रीकान्त किदाम्बीसँग पहिलो सेट २१–४ ले सहजै गुमाए । दोस्रो सेटमा उनले सुधारिएको खेल देखाए पनि आफ्नो पक्षमा पार्न सकेनन् । उक्त सेट पनि सुनिलले २१–१३ ले गुमाएपछि नेपालको हार पक्का भयो । तेस्रो खेलमा विष्णु कटुवालले मिथुन मन्जुनाथसँथ २१–२ र २१–७ ले हार व्यहोरेपछि नेपालले मेन्स टिम प्रतिष्पर्धा ३–० ले गुमायो । 

salt training

कमेन्ट गर्नुहोस्