
नेकपा एमाले बागमती प्रदेशको निर्वाचनमा कुल ११३१ मत खसेको छ । पार्टी कार्यालय च्यासलमा शुक्रबार राति सम्पन्न मतदानमा कुल ११३१ मत खसेको मुख्य निर्वाचन अधिकृत डिल्ली मैनालीले जानकारी दिए । उनले मतदानमा ३२ जना अनुपस्थत रहेको पनि जानकारी दिए ।
निर्वाचनबाट पाँच पदाधिकारीसहितका २४५ निर्वाचित हुने बताइएको छ । बागमतीको अध्यक्षमा केन्द्रीय सदस्यहरू कृष्णप्रसाद दाहाल र कैलाश ढुंगेल प्रतिस्पर्धामा छन् ।