२७ असार २०८३, शनिबार

एमालेको बागमती अधिवेशन अपडेटः शुक्रवार राति नै नतिजा आउने

असोज १२, २०८०
काठमाडौं
एमालेको बागमती अधिवेशन अपडेटः शुक्रवार राति नै नतिजा आउने

नेकपा (एमाले) बागमती प्रदेशको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको नतिजा एक–दुई घण्टापछि आउने प्रमुख निर्वाचन अधिकृत डिल्ली मैनालीले बताएका छन् ।

निर्वाचन सकिएपछि उनले यस्तो जानकारी दिएका हुन् ।

‘नतिजा सबैको एकैपटक आउँछ । अब दुई घण्टा लाग्छ,’ उनले भने ।

शुक्रवार करिब ८ः४५ बजे निर्वाचन सकिएको हो ।

एक हजार १६७ मतमध्ये एक हजार १३३ मत खसेको प्रमुख निर्वाचन अधिकृत मैनालीले जानकारी दिए । ३२ जना मतदाता भने अनुपस्थित रहेका थिए । 

अध्यक्षमा कृष्णप्रसाद दाहाल र कैलाश ढुंगेलबीच प्रतिस्पर्धा भइरहेको छ । पदाधिकारीका उपाध्यक्ष, सचिव र उपसचिवमा पनि प्यानल बनाएरै दुवै समूह प्रतिस्पर्धामा उत्रिएका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्