२३ जेठ २०८३, शनिबार

एमाले कोशी अधिवेशन: हावाहुरीसहित पानी परेपछि समूहगत छलफल प्रभावित, प्रतिनिधि तितरवितर

असोज १३, २०८०
विराटनगर
एमाले कोशी अधिवेशन: हावाहुरीसहित पानी परेपछि समूहगत छलफल प्रभावित, प्रतिनिधि तितरवितर

नेकपा (एमाले) कोशी प्रदेश अधिवेशन वर्षाले प्रभावित बनेको छ । शुक्रबारदेखि विराटनगरमा शुरू भएको अधिवेशनमा आज (शनिबार) प्रतिवेदनमाथि समूहगत छलफल गर्ने कार्यक्रम छ । 

तर, हावाहुरीसहित पानी परेपछि छलफल प्रभावित बनेको हो । हावाहुरीसँगको वर्षाले समूहगत छलफल प्रभावित बनेपछि प्रतिनिधि तितरवितर भएका छन् ।  

आज राजनीतिक, आर्थिक र सांगठनिक प्रतिवेदनमाथि समूहगत छलफल गर्ने कार्यक्रम छ । 

null

हिजो नै कोशी प्रदेशका अध्यक्ष तुलसीप्रसाद न्यौपानेले राजनीतिक र सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने एमाले आर्थिक विभागका केन्द्रीय प्रमुख पुष्प कँडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । 

अधिवेशनमा १३७ पालिका, २३ जनवर्गीय संगठन, दलित, मजदुर समेत गरी ९ सय ९७ जना प्रतिनिधि सहभागी छन् । अधिवेशनले पाँच जना पदाधिकारीसहित २१५ सदस्यीय कमिटी निर्माण गर्नेछ ।

अधिवेशनको बन्द शत्र सञ्चालन गर्न एमालेले केन्द्रीय सचिव तथा कोशी प्रदेश इन्चार्ज रघुवीर महासेठको संयोजकत्वमा ११ सदस्यीय अध्यक्ष मण्डल शुक्रबार नै बनाएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्