
नेकपा (एकीकृत समाजवादी) पार्टी पूर्वी नवलपरासीका जिल्ला अध्यक्षसहित ३१ जना जिल्ला र प्रदेश तहका नेताले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।
जिल्ला अध्यक्ष झविलाल रानासहितका नेताले प्रेस विज्ञप्ति जारी गर्दै कम्युनिस्ट विचारधाराबाट विचलन नहुने तर नेकपा एसमा नरहने भन्दै संयुक्त रूपमा राजीनामा दिएका हुन् ।
पार्टी केन्द्रीय कमिटी र प्रदेश कमिटीलाई पटक–पटक ध्यानाकर्षण गराएको भए पनि सुनुवाइ नभएको भन्दै राजीनामा दिइएको जिल्ला उपाध्यक्ष प्रेमनारायण पाण्डेले बताए ।
पार्टी परित्याग गर्नेमा जिल्ला अध्यक्ष झविलाल राना, उपाध्यक्ष तथा युवा संघका जिल्ला इन्चार्ज प्रेमनारायण पाण्डे, जिल्ला कमिटी उपसचिव हुमकान्त पराजुली, गोविन्द सुनार, प्रदेश कमिटी सदस्य श्यामप्रसाद भुर्तेल, खगराज कंडेल, रामप्रसाद पाण्डे, समाजवादी प्रेस संगठनका केन्द्री सदस्य खगेन्द्र पराजुली, युवा संघका जिल्ला अध्यक्ष सुन्दरजंग कुंवरलगायतका छन् ।