११ साउन २०८३, सोमबार

सूर्यज्योति लाइफ इन्स्योरेन्सको पहिलो कर्पोरेट मिट २०८० सम्पन्न

असोज १३, २०८०
काठमाडौं
सूर्यज्योति लाइफ इन्स्योरेन्सको पहिलो कर्पोरेट मिट २०८० सम्पन्न

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो पहिलो कर्पोरेट मिट २०८० सम्पन्न गरेको छ ।

कम्पनीको प्रधान कार्यालयमा कार्यरत कर्मचारीहरूको व्यक्तित्व विकास र उत्प्रेरणालाई मध्यनजर गर्दै आयोजित कार्यक्रम धुलिखेलको होटल सारथीमा सम्पन्न भएको हो ।

कार्यक्रममा कम्पनीका सञ्चालकद्वय नन्दकिशोर शर्मा तथा हेमन्त नहाटा, कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाशविक्रम खत्री, वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्कालगायत सम्पूर्ण कर्मचारीहरूको सहभागिता रहेको  थियो ।

दुई दिनसम्म चलेको कार्यक्रमको पहिलो दिन कम्पनीका सीईओ खत्रीले कम्पनीको आगामी योजनासम्बन्धी जानकारी गराउँदै यस वर्षको मूल रणनीति ‘गुड टु ग्रेट’बारे प्रस्ट्याएका थिए ।

साथै कर्मचारीहरूले आफ्नो सोच, कार्यशैली, ग्राहकलाई दिइने सेवा र सुशासनमा ल्याउनु पर्ने परिवर्तनका बारेमा पनि छलफल गरेका थिए ।

कार्यक्रमको दोस्रो दिन मोटिभेसनल  स्पिकर बीके रमण नेपालीले सम्पूर्ण सहभागीहरूलाई अन्तर क्रियात्मक खेलमार्फत व्यक्तित्व विकाससम्बन्धी तालिम प्रदान गरेका थिए ।

यस्तै, सीईओ खत्रीले  सूर्या लाइफ र ज्योति लाइफको ऐतिहासिक सफल मर्जरपश्चात कम्पनी हरेक सूचकहरूमा अब्बल हुँदै आइरहेको बताएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्