२१ जेठ २०८३, बिहीबार

प्यारामाउन्ट मोटर्सद्वारा भक्तपुरमा दोस्रो शोरुम स्थापना​

असोज १३, २०८०
काठमाडौं
प्यारामाउन्ट मोटर्सद्वारा भक्तपुरमा दोस्रो शोरुम स्थापना​

एमजी गाडीको लागि नेपालको आधिकारिक वितरक एवं आयातकर्ता पारामाउन्ट मोटर्स प्रालिले गठ्ठाघर भक्तपुरमा आफ्नो दोस्रो एमजी शोरुमको उद्‌घाटन गरेको छ ।

शोरुम विस्तारले एमजीको वनरसिप एक्सपेरिएन्स वृद्धि गर्ने आफ्नो प्रतिबद्धतालाई झनै बलियो बनाएको कम्पनीले जनाएको छ ।

नयाँ शोरुममार्फत एमजीले नेपालभर फैलिएका १३ वटा आउटलेटहरूको सञ्जालमा एउटा आयाम थपिनुका साथै सेवा अझ प्रभावकारी बन्ने विश्वास लिएको छ ।

यो शोरुम ग्राहकहरूका लागि पहुँचयोग्य र असाधारण सेवा प्रदान गर्ने प्यारामाउन्ट मोटर्सको प्रतिबद्धताको प्रमाण भएको कम्पनीको दाबी छ ।

नयाँ शोरुमको उद्घाटनको बारेमा बोल्दै प्यारामाउन्ट मोटर्सका जीएम सचिन अर्यालले भने, “दोस्रो एमजी शोरुमको उद्घाटनले अतुलनीय सेवा र उल्लेखनीय स्वामित्व अनुभव प्रदान गर्ने हाम्रो प्रतिबद्धतालाई प्रष्ट पारेको छ । ग्राहकहरूले नवीनतम एमजी मोडेलहरू एक्सप्लोर गर्ने र एक्सपर्ट गाइडेन्स प्राप्त गर्न सक्ने स्थान उपलब्ध गराउन पाउँदा हामी धेरै नै उत्साहित छौं ।”

null

यस नयाँ शोरुममार्फत आफ्नो पहुँच विस्तार गर्दै प्यारामाउन्ट मोटर्स उच्चस्तरीय बिक्री पश्चात् को सेवा र समर्थन प्रदान गर्ने आफ्नो लक्ष्यमा अडिगपन कायम  गरेको छ ।

यस स्थापनाले एमजीलाई नेपालका अटोमोटिभ उत्साहीहरूको रोजाई बनाउने दिशामा थप अर्को कदमको प्रतिनिधित्व गरेको छ ।

हाल नेपालभर एसी र डीसी गरेर १९ वटा एमजी चार्जिङ स्टेसनहरू उपलब्ध छन् ।

यद्यपि २०२३ को अन्त्यसम्ममा पारामाउन्ट मोटर्सले चार्जिङ स्टेशनहरूको संख्या ५० सम्म पुर्‍याउने लक्ष्य राखेको छ ।

आफ्ना सेवाग्राहीहरूको सहज यात्राको लागि पारामाउन्ट मोटर्सले देशका मुख्य स्थानहरू मुलकोट, चितवन, कुरिनटार, बुटवल र ढल्केबरमा डीसी चार्जिङ स्टेसनहरू स्थापना गरेको छ ।

यी स्थानहरूमा आधा घण्टामै ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ भने एमजीको नयाँँ सर्भिस सेन्टर कुसुन्ती तथा इटहरी, विर्तामोड, बर्दिबास, वीरगन्ज, पोखरा, हेटौँडा, नौबिसे, नेपालगन्ज, धनगढी, गाईघाट र दाङको लमहीमा पनि चाँडै डीसी चार्जिङ स्टेसनहरू स्थापना गरिने जानकारी दिएको छ ।
त्यस्तै काठमाडौं, विर्तामोड, विराटनगर, चितवन, बर्दिबास, सिन्धुली, पोखरा, कुरिनटार, मुलकोट, बुटवल, वीरगन्ज, इटहरी, जनकपुर र ढल्केबरमा एसी चार्जिङ स्टेसनहरू रहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्