२२ जेठ २०८३, शुक्रबार

पाकिस्तानलाई फराकिलो अन्तरले हराउँदै भारतले जित्यो साफ यू–१९ को उपाधि

असोज १३, २०८०
काठमाडौं
पाकिस्तानलाई फराकिलो अन्तरले हराउँदै भारतले जित्यो साफ यू–१९ को उपाधि

पाकिस्तानलाई फराकिलो अन्तरले हराउँदै भारतले साफ यू–१९ फूटबल प्रतियोगिताको उपाधि जितेको छ ।

शुक्रवार साँझ दशरथ रंगशालामा भएको फाइनलमा पाकिस्तानलाई ३–० को फराकिलो गोल अन्तरले हराउँदै भारतले उपाधि जितेको हो ।

खेलको पहिलो हाफ बराबरीमा सकिएको थियो । दोस्रो हाफमा भारतले आक्रमण तीव्र बनायो । ६४ औं मिनेटमा किपगेनले १ गोलको अग्रता दिलाए । त्यसपछि पनि भारत रोकिएन । लगातारजसो २ गोल गर्न पुग्यो ।  किपगेनले नै दोस्रो गोल गरेका हुन् । त्यसपछि तेस्रो गोल ग्वग्मसर गोयरेले थपे । 

भारतले तेस्रो पटक उपाधि जितेको हो ।

प्रतियोगितामा आयोजक नेपाल र भुटान सेमिफाइनलबाट बाहिरिएका थिए । नेपाल भारतसँग पेनाल्टी सुटआउटमा पराजित भएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्