३१ जेठ २०८३, आइतबार

५० लाख बराबरको बेवारिसे कपडा राजस्वको नियन्त्रणमा

असोज १३, २०८०
सिरहा
५० लाख बराबरको बेवारिसे कपडा राजस्वको नियन्त्रणमा

 राजस्व अनुसन्धान कार्यालय इटहरीले शुक्रबार राति सिरहाको माडर भन्सार नाका नजिकैबाट झण्डै ५० लाख बराबरको बेवारिसे कपडा बरामद गरेको छ ।

स्थानीय चन्द्रनारायण माध्यमिक विद्यायलको प्राङ्गणस्थित आँपको बगैँचामा थुपारिएको अवस्थामा उक्त कपडा फेला परेको थियो । विशेष सुराकीका आधारमा राजस्वका इटहरी कार्यालय प्रमुख सुरेश आचार्यको नेतृत्वमा गएको सशस्त्र प्रहरीसमेतको टोलीले कपडा नियन्त्रणमा लिएको हो ।
 
दसैँमा बिक्री गर्ने उद्देश्यले भन्सार छली गरेर कपडा ल्याइएको हुनसक्ने आशङ्का प्रमुख आचार्यले व्यक्त गरे । साथै उनले राजस्वको टोली आउँदै गरेको चाल पाएपछि तस्करहरू सामान छाडेर भागेको हुनसक्ने बताए ।

सर्टिङसुटिङका कपडा, सारी, तयारी पोशाकलगायतका सामान बरामद गरिएको हो । सामान इटहरी कार्यालयमा लगेर यकिन गरिने जानकारी आचार्यले दिए । 

salt training

कमेन्ट गर्नुहोस्