२८ जेठ २०८३, बिहीबार

प्रधानमन्त्रीले बोलाए सात दलको बैठक

असोज १४, २०८०
काठमाडौं
प्रधानमन्त्रीले बोलाए सात दलको बैठक

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा प्रतिनिधित्व गर्ने सात दलको बैठक बोलाएका छन् । 

संसद् बैठकक सञ्चालन गर्ने विषयमा छलफल गर्न आइतबार बिहान ११ बजे प्रधानमन्त्रीले बैठक बोलाएको उनका प्रेस संयोजक सूर्यकिरण शर्माले दिए । ‘संसद्‍ सञ्चालन गर्ने विषयमा छलफलका लागि संसद्‍मा प्रतिनिधित्व गर्ने सातवटा दलका नेतालाई प्रधानमन्त्रीले छलफलमा बोलाउनुभएको छ,’ शर्माले लोकान्तरसँग भने । 

बैठकमा कांग्रेस, एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, लोसपा, जनमतसहितका दललाई बोलाइएको छ ।

यसअघि बजै बिहान प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका थिए । 

सुनकाण्डसहितका विषयमा छानबिन गर्न उच्चस्तरीय आयोग ५ असोजसम्म बनाउने भनिए अझै गठन नभएपछि एमालेले असन्तुष्टि व्यक्त गरिरहेको छ ।

आज प्रतिनिधि सभाको बैठक बस्दैछ । सुन तस्करी प्रकरणमा जाँचबुझ आयोग गठन नभएको भन्दै एमालेले संसद सञ्चालनमा असहयोग गर्ने बताएको छ ।


 
 

salt training

कमेन्ट गर्नुहोस्