३१ असार २०८३, बुधबार

‘आइएमई प’ले ल्यायो आकर्षक क्यासब्याक तथा बम्पर उपहार

असोज १४, २०८०
काठमाडौं
‘आइएमई प’ले ल्यायो आकर्षक क्यासब्याक तथा बम्पर उपहार

‘आईएमई प’ले आईएमई पे डिजिटल दशैं तिहार योजना सार्वजनिक गरेको  छ।

आउँदै गरेको  राष्ट्रिय चाड दशैं , तिहार तथा  छठलार्ई लक्षित गर्दै योजना सार्वजनिक गरिएको नेपालको पहिलो डिजिटल वालेट  ‘आईएमई पेले ले जनाएको छ।

यही असोज १४ गतेदेखि शुरू  भई मङ्सिर ३ गतेसम्म चल्ने ५० दिनको अभियान अन्तर्गत हरेक दिन ५० जना भाग्य शाली सेवाग्राहीहरूले विभिन्न कारोबारको लागि क्यासब्याकको  प्रोमो कोड प्राप्त  गर्न सक्नेछन् । 

त्यस्तै हरेक हप्ता १ जना भाग्य शाली सेवाग्राहीले अलटिमा लाइफस्टाइलको गिफ्ट ह्यम्पर पनि प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

यसका साथै अन्त्यमा ८ जना भाग्य शाली विजेताले रु ५० हजार बराबरको सप्पिङ गिफ्ट ह्यम्पर प्राप्त गर्न सक्नेछन्। 

यससँगै आईएमई पे मार्फत रेमिटेन्स प्राप्त गर्दा हरेक महिना १ जनाले १ लाख रुपैयाँ प्राप्त गर्ने र बम्परमा १ करोड प्राप्त गर्ने डबल मौका रहको आईएमई पेका  सीईओ प्रवीन रेग्मीले बताएका छन्।

salt training

कमेन्ट गर्नुहोस्