१४ असार २०८३, आइतबार

इन्द्रजात्रा अवलोकन गर्न आएका पाहुना फर्किए

असोज १५, २०८०
काठमाडौं
इन्द्रजात्रा अवलोकन गर्न आएका पाहुना फर्किए

यस वर्षको इन्द्रजात्रा अवलोकन गर्न आएका विदेशी पाहुनाहरू स्वदेश फर्केका छन् । असोज ११ गते इन्द्रजात्राको मुख्य दिन परेको थियो ।  असोज १० गते काठमाडौँ आइपुगेका पाहुनाहरू जात्रा सकिएसँगै स्वदेश फर्किएका हुन्  । 

आमन्त्रित विदेशी अतिथि (१६ वटा भगिनी सम्बन्ध र नौवटा अन्तरराष्ट्रिय सङ्घसंस्था) मध्ये यस वर्ष तीनवटा देश (चीन, अमेरिका र दक्षिण कोरिया) का पाँचवटा नगर र एउटा संस्थाबाट प्रतिनिधि आएका थिए । यसमा चीनका छेन्दु, सियान, चान्चाउ र नान्जिन गरी चारवटा नगर र अमेरिकाको फेडरिसबर्ग नगरका प्रतिनिधि थिए । उनी सबै स्वदेश फर्किसकेका छन् । 

त्यसैगरी काठमाडौँ महानगरपालिकासँग सम्बन्ध भएका र जात्रा अवलोकन गर्न आएका स्वदेशी पाहुनाहरू पनि फर्किसकेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्