१५ असार २०८३, सोमबार
एमाले प्रदेश अधिवेशन

कर्णाली र कोशीमा आज मतगणना, गण्डकी अधिवेशन अध्यक्ष ओलीले उद्‌घाटन गर्ने

असोज १५, २०८०
काठमाडौं
कर्णाली र कोशीमा आज मतगणना, गण्डकी अधिवेशन अध्यक्ष ओलीले उद्‌घाटन गर्ने

नेकपा (एमाले)को गण्डकी प्रदेश अधिवेशन आजबाट शुरू हुँदैछ । अधिवेशन पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ । अधिवेशनका लागि ९०७ जना प्रतिनिधि छनोट भएका छन् । 

गण्डकी अधिवेशन उद्घाटनको तयारी चलिरहँदा कोशी र कर्णालीमा मतगणना गर्ने तयारी छ । कोशीमा आज दिउँसोदेखि मतगणना शुरू हुने निर्वाचन कमिटीले जनाएको छ ।

गएरातिदेखि शुरू भएको मतदान आज बिहान सकिएको थियो । 

यस्तै कर्णाली प्रदेशमा नयाँ नेतृत्वका लागि भएको मतदानको मतगणना आज हुँदैछ । गएराति भएको मतदानको आज मतगणना हुने भएको हो ।

यसअघि एमाले लुम्बिनी र बाग्मती प्रदेशले भने महाधिवेशनबाट नयाँ नेतृत्व पाइसकेको छ । दुवै प्रदेशमा निर्वाचनमार्फत् नेतृत्व चयन भएको हो । 

अब एमाले सुदूरपश्चिम र मधेश प्रदेश अधिवेशन बाँकी छ । 


 

salt training

कमेन्ट गर्नुहोस्