२९ जेठ २०८३, शुक्रबार

पोखराबाट सुर्खेत जाँदै गरेको बस दाङमा दुर्घटना, १४ जना घाइते

असोज १५, २०८०
काठमाडौं
पोखराबाट सुर्खेत जाँदै गरेको बस दाङमा दुर्घटना, १४ जना घाइते

पोखराबाट सुर्खेत जाँदै गरेको बस दाङमा दुर्घटना भएको छ । ग १ ख ८४८५ नम्बरको बस आज बिहान ५ बजेतिर पूर्व-पश्चिम राजमार्गअन्तर्गत लमही-४ ​स्थित बबईसोता पुलमा दुर्घटना भएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार दुर्घटनामा १४ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ । बसमा १६ जना यात्रु थिए । 

तीमध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेहरूको लमही अस्पतालमा उपचार भइरहेको छ । 

सवारी चालक रामेछाप सुनपति गाउँपालिका-३ निवासी ३३ वर्षीय रामकृष्ण खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

दुर्घटनाको कारण खुलिसकेको छैन ।
 

salt training

कमेन्ट गर्नुहोस्