२० असार २०८३, शनिबार

एमाले कोशी प्रदेश अधिवेशन: दिउँसो १ बजेदेखि मतगणना शुरू हुने

असोज १५, २०८०
विराटनगर
एमाले कोशी प्रदेश अधिवेशन: दिउँसो १ बजेदेखि मतगणना शुरू हुने

नेकपा एमाले कोशी प्रदेश अधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भएको निर्वाचनमा ९७७ मत खसेको छ । गएराति १० बजेदेखि शुरू भएको मतदान आज बिहान ५ बजे सकिएको हो । 

मतदान सकिएसँगै मतगणनाको तयारी थालिएको छ । मतगणना दिउँसो १ बजेदेखि शुरू गर्ने निर्वाचन कमिटीका संयोजक चुणामणि आचार्यले जानकारी दिए ।

अध्यक्षका लागि विनोद ढकाल र घनश्याम खतिवडा चुनावी मैदानमा छन् । दुर्वै जना प्यानल बनाएरै निर्वाचनमा होमिएका थिए । 

अधिवेशनबाट ५ पदाधिकारीसहित २१५ सदस्यीय समिति निर्माण हुनेछ । त्यसका लागि ४५० जनाको उम्मेदवारी परेको थियो ।

जसमध्ये उपाध्यक्षमा टिकाराम चेम्जोङ निर्विरोध चयन भइसकेका छन् । सचिवमा  पाँचथरका राजकुमार भण्डारी र उदयपुरका शैलेश लामाबीच प्रतिष्पर्धा छ । 

दुई जना उपसचिवमा झापाकी जलवर्षा राजवंशी, मोरङका खेमराज नेपाली, खोटाङका देवान राईबीच प्रतिस्पर्धा छ ।

salt training

कमेन्ट गर्नुहोस्