०५ साउन २०८३, मंगलबार

एमालेको कर्णाली अधिवेशन अपडेटः शाहको अग्रता, पछ्याउँदै शाही

असोज १५, २०८०
काठमाडौं
एमालेको कर्णाली अधिवेशन अपडेटः शाहको अग्रता, पछ्याउँदै शाही

नेकपा (एमाले) कर्णाली प्रदेश अधिवेशनअन्तर्गत गएराति भएको मतदानको मतगणना जारी छ ।

अध्यक्ष पदमा सल्यानका गुलाबजङ्ग शाहले अग्रता लिएका छन् । ३०० मतमध्ये २०० गन्दा उनले १८० मत ल्याएका छन् । 

यस्तै उनका निकतम प्रतिद्वन्द्वी मीनबहादुर शाहीले १०२ मत प्राप्त गरेका छन् । शाह शाहीभन्दा ७८ मतले अघि छन् ।

मतगणनास्थलमा रहेको एमाले केन्द्रीय सदस्य धर्मराज रेग्मीले लोकान्तरलाई दिएको जानकारीअनुसार कालीकोटकै प्रकाश रोकायले तीन मत मात्र पाएका छन् ।

कर्णालीमा अध्यक्षका लागि तीन जनाबीच प्रतिस्पर्धा भएको छ । यसअघि अध्यक्ष पदका लागि पाँच जनाको उम्मेदवारी दर्ता भएकामा दुई जनाले उम्मेदवारी फिर्ता लिएका थिए । 

अध्यक्ष पदमा कालीकोट शाही र रोकाया तथा सल्यानका शाहबीच प्रतिस्पर्धा भइरहेको हो ।

कर्णालीको राजधानी सुर्खेतमा अधिवेशन भएको हो । 
 

salt training

कमेन्ट गर्नुहोस्