०९ साउन २०८३, शनिबार

मलद्वारमा लुकाएर ल्याएको लागुऔषधसहित ५ जना पक्राउ

असोज १५, २०८०
काठमाडौं
मलद्वारमा लुकाएर ल्याएको लागुऔषधसहित ५ जना पक्राउ

उदयपुर चौदण्डीगढी नगरपालिका –६ बेलटारबाट लागुऔषधसहित ५ जना पक्राउ परेका छन् । उनीहरूलाई प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलीले सोमवार पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा चौदण्डीगढी नरपालिका– ६ का विनोद राई, विदुर राई, विशाल राई, मनोज राई र प्रवेश चौहान छन् ।

उनीहरूले उक्त लागुऔषध मलद्वारमा लुकाएर ल्याएको अवस्थामा पक्राउ गरिएको उदयपुर प्रहरीले जनाएको छ ।

 

उनीहरूको साथबाट फेनारागन १४ एम्पुल, लुपिजेसिक ६ एम्पुल, डाइजेपाम ६, लेबल नभएको ९ एम्पुल गरी ३५ एम्पुल बरामद गरिएको प्रहरीको भनाइ छ ।  

उनीहरूलाई १० दिनको म्याद थप गरेर अनुसन्धान भइरहको प्रहरी नायब उपरीक्षक (डीएसपी) हरिनन्दन चैधरीले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्