राप्रपाले पार्टीमा क्रियाशील दुई नेतालाई निलम्बन गर्ने निर्णय गरेको छ । सोमबार अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले केन्द्रीय सदस्य नवराज पनेरु (राजु) र मोरङ जिल्ला कार्यसमितिका पूर्व प्रवक्ता कृष्ण घिमिरेलाई निलम्बन गर्ने निर्णय गरेको हो ।
पार्टीको हित र स्वार्थमा आघात पुग्ने गरी अनुशासनहिन कार्य गरेकाले अनुशासन समितिको सिफारिस बमोजिम उनीहरुलाई निलम्बन गरिएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
बैठकले दैनिक उपभोग्य बस्तुमा भएको चरम मुल्यबृद्धि लगायत जनजीविकासँग सम्बन्धित विषयमा सरकारलाई गम्भीर बन्न दबाब दिने र यस सम्बन्धमा तत्काल प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने निर्णयसमेत गरेको छ ।