१० साउन २०८३, आइतबार

मलेरियाविरूद्धको उपचारका लागि दोस्रो खोप सिफारिस

असोज १६, २०८०
काठमाडौं
मलेरियाविरूद्धको उपचारका लागि दोस्रो खोप सिफारिस

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले बेलायतको अक्सफोर्ड विश्वविद्यालयले विकास गरेको बालबालिकाका लागि मलेरियाविरुद्ध आर–२१/म्याट्रिक्स–एम नामक दोस्रो खोप सिफारिस गरेको जनाएको छ ।

आर २१/म्याट्रिक्स–एम खोप सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको हो र बुर्किना फासो, घाना र नाइजेरियामा प्रयोगका लागि अनुमति दिइसकिएको छ ।

'मलेरिया अनुसन्धानकर्ताको रूपमा, म त्यो दिनको सपना देख्थें जुन दिन हामीसँग मलेरियाविरुद्ध सुरक्षित र प्रभावकारी खोप हुनेछ । अहिले हामीसँग दुई विकल्प प्राप्त भएका छन्,' डब्लुएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेयेससले भनेका छन् ।

सन् २०२१ मा बेलायती औषधि कम्पनी जीएसकेले उत्पादन गरेको आरटीएस एस खोप मध्यमदेखि उच्च औलो सङ्क्रमण भएका क्षेत्रका बालबालिकामा औलो रोकथामका लागि डब्लुएचओले सिफारिस गरेको पहिलो खोप बनेको थियो ।
 
डब्लुएचओका अफ्रिकाका लागि क्षेत्रीय निर्देशक डा. मात्शिडिसो मोएतीले नयाँ खोपले माग र आपूर्तिको ठूलो खाडललाई कम गर्न मद्दत पुर्‍याएर महाद्वीपका लागि ठूलो सम्भावना बोकेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्