३० असार २०८३, मंगलबार

एसियाली खेलकुद: पहिलो क्वार्टरफाइनल खेलमा आज नेपाल र भारत भिड्दै

असोज १६, २०८०
काठमाडौं
एसियाली खेलकुद: पहिलो क्वार्टरफाइनल खेलमा आज नेपाल र भारत भिड्दै

चीनमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको पहिलो क्वार्टरफाइनल खेलमा नेपाले आज भारतसँग खेल्दैछ । दुई देशबीचको खेल नेपाली समयानुसार बिहान पौने सात बजे शुरू हुनेछ । 

नेपाल विरुद्ध खेल्न भारतले दोस्रो रोजाईको टोली पठाएको छ । भारतीय टोलीमा इन्डियन प्रिमियर लिग (आइपीएल) मा सानदार प्रदर्शन गर्दै आएका खेलाडी छन् । 

नेपाल समूह चरणमा मंगोलिया र माल्दिभ्सलाई हराउँदै अन्तिम आठमा पुगेको हो । भारत भने सिधै क्वार्टरफाइनल खेल्न लागेकाे हाे।​आजको विजेता टोली सेमिफाइनल पुग्नेछ । 

नेपालले टी-२० आईमा भारतसँग पहिलो पटक खेल्न लागेको हो। ओडीआईमा भने अघिल्लो महिना एसिया कपमा भारत र पाकिस्तानसँग खेलेको थियो ।


 

salt training

कमेन्ट गर्नुहोस्