१२ साउन २०८३, मंगलबार

नेपाललाई दोस्रो झट्का, कुशल भुर्तेल आउट

असोज १६, २०८०
काठमाडौं
नेपाललाई दोस्रो झट्का, कुशल भुर्तेल आउट

चीनमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको पहिलो क्वार्टरफाइनल खेलमा नेपाललाई दोस्रो झट्का लागेको छ । 

नेपालका कुशल भुर्तेल आउट भएका छन् । ३२ बल खेलेका उनी २८ रन बनाएर आउट भए । उनलाई साई किशोरले आउट गरे । 

यसअघि ओपनर आसिफ शेख १० रन बनाएर आउट भएका थिए । ६ बल खेलेका उनले एक छक्का र एक चौका प्रहार गरे । 

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २०२ रन बनाएको थियो । 

भारतका लागि यसश्वी जैसवालले सर्वाधिक सय बनाए । ४९ बल खेलेका उनी १०० रन बनाएर आउट भए । उनलाई दीपेन्द्र सिंह ऐरीले आउट गरेका थिए । दीपन्द्रले दुई विकेट लिए । दीपेन्द्रले कप्तान रितुराज गायकवाडको विकेट लिएका थिए । 

यस्तै भारतका लागि रिंकु सिंहले ३७ रन बनाए भने शिवम दुवे र रुतुराज गायकवाडले समान २५ रन बनाए । 

चार बल खेलेका जितेश शर्मा ५ रन बनाएर आउट भए भने १० बल खेलेका तिलक वर्मा २ रनमै आउट भए । 

नेपालका लागि दीपेन्द्रले दुई विकेट लिँदा सन्दीप लामिछाने र सोमपाल कामीले समान एक/एक विकेट लिए । 

नेपालविरुद्ध खेल्न भारतले दोस्रो रोजाईको टोली पठाएको छ । भारतीय टोलीमा इन्डियन प्रिमियर लिग (आइपीएल) मा सानदार प्रदर्शन गर्दै आएका खेलाडी छन् । 

नेपाल समूह चरणमा मंगोलिया र माल्दिभ्सलाई हराउँदै अन्तिम आठमा पुगेको हो । भारत भने सिधै क्वार्टरफाइनल खेल्न लागेको हो ।​ आजको विजेता टोली सेमिफाइनल पुग्नेछ । 

नेपालले टी-२० आईमा भारतसँग पहिलो पटक खेल्न लागेको हो। ओडीआईमा भने अघिल्लो महिना एसिया कपमा भारत र पाकिस्तानसँग खेलेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्