२७ जेठ २०८३, बुधबार

अपहरण गरेको आरोपमा मन्त्रीका भाइसहित दुई जना पक्राउ

असोज १६, २०८०
काठमाडौं
अपहरण गरेको आरोपमा मन्त्रीका भाइसहित दुई जना पक्राउ

एक जनालाई अपहरण गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । सोमबार साँझ देव लामालाई अपहरण गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

पक्राउ पर्नेमा भोजबहादुर लामा र अर्का आशालाल लामारहेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी कुमोद ढुंगेलले लोकान्तरलाई जानकारी दिए । ‘प्रहरीले हिजो २ जनालाई पक्राउ गरेको छ,’ एसपी ढुंगेलले लोकान्तरसँग भने ।

भोजबहादुर बाग्मती प्रदेशका खानेपानी मन्त्री तीर्थ लामाका भाइ हुन् । 

३ घण्टा ट्याक्सीमा राखेर अपहरण परेका व्यक्तिलाई प्रहरीले उद्धार गरेको थियो । 

लामालाई कोटेश्वरबाट अपहरण गर गरेर दरबार मार्गमा ल्याई कुटपिट गरेको स्रोतले लोकान्तरलाई बतायो । त्यसपछि उनीहरूले ट्याक्सीमै सामाखुशी लगेका थिए । त्यहाँबाट देवले प्रहरीको अत्यावश्यक नम्बर १०० मा फोन गरेपछि उनको उद्धार गरिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्