२८ जेठ २०८३, बिहीबार

कालिकामाई अध्यक्षमा जनता दल र उपाध्यक्षमा फोरम नेपाल विजयी

कात्तिक २०, २०७४
कालिकामाई अध्यक्षमा जनता दल र उपाध्यक्षमा फोरम नेपाल विजयी


पर्सा, ५ असोज - कालिकामाई गाउँपालिकाका अध्यक्षमा नेपाली जनता दलका नथुनीप्रसाद कुशवाहा विजयी हुनुभएको छ ।

आज अपराह्न भएको मतगणनाको परिणामानुसार जनता दलका कुशवाहाले दुई हजार ८१६ र उहाँका निकटतम प्रतिद्वन्द्वी फोरम नेपालका लालसादेवीले दुई हजार ६९६ मत हासिल गरेको निर्वाचन कार्यालयले जनाएको छ ।

त्यसै उपाध्यक्षमा फोरम नेपालका राजेश चौरसिया दुई हजार ९१४ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी जनता दलकी मालतीदेवी कोइरीले दुई हजार ६३० मत हासिल गरेको सूचना अधिकृत महेश साहले जानकारी दिनुभयो ।

त्यसै गाउँपालिका वडा नं १ का वडाध्यक्षमा नेपाली काँग्रेसका शिवनाथ कुर्मी, २ मा सोनालाला चौरसिया, ३ मा सञ्जय पटेल, ४ मा हरिओम प्रसाद र वडा नं ५ का वडाध्यक्षमा पवन तिवारी विजयी हुनुभएको छ ।

salt training

कमेन्ट गर्नुहोस्