०४ साउन २०८३, सोमबार

ग्लोबल आईएमई बैंक र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच कर्जा नोक्सान ग्यारेन्टी सम्झौता

असोज १६, २०८०
काठमाडौं
ग्लोबल आईएमई बैंक र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच कर्जा नोक्सान ग्यारेन्टी सम्झौता

ग्लोबल आईएमई बैंक लिमिटेड र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच सम्झौता भएको छ । केन्द्रीय नवीकरणीय ऊर्जा कोषमार्फतको कर्जा नोक्सान ग्यारेन्टीका लागि एक–आपसमा सम्झौता गरिएको बैंकले जनाएको छ ।

असोज १० गते बुधवार भएको समझदारी पत्रमा ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले हस्ताक्षर गरेका छन् ।​

बैंकले नवीकरणीय उर्जा क्षेत्रमा वित्तीय उत्थानका निमित्त दिगो ऊर्जा चुनौती कोषअन्तर्गत सम्झौता गरेको हो ।

यो व्यवस्थाले देशमा नवीकरणीय उर्जा वित्तीय उत्थानलाई मापन गर्ने अपेक्षा गरिएको छ । 

कर्जा नोक्सान ग्यारेन्टीले दिगो उर्जाका लागि ऋण प्राप्त गर्दा धितोको आवश्यकतालाई पनि सहज बनाउने छ ।

साना तथा मझौला व्यवसायलाई प्रवर्द्धन गर्न विभिन्न वित्तीय सुविधाहरू प्रदान गर्दै व्यवसाय वृद्धिको लागि सहयोग गर्ने लक्ष्यअनुसार सम्झौताअन्तर्गत देशको दूर दराजमा सञ्चालन हुने परियोजनाहरूलाई बैंकिङ्ग सुविधा प्रदान गरिने बैंकले जानकारी दिएको छ ।

ग्लोबल आईएमई बैंक मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।

बैंकले ३५० शाखा कार्यालय, ३६८ एटीएम, ३२२ शाखारहित बैंकिङ सेवा, ६६ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १ हजार १०० भन्दा बढी सेवा केन्द्रबाट ४० लाखभन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्