१३ असार २०८३, शनिबार

राती ११ : २० को अपडेट : कांग्रेसलाई पछ्याउँदै राजपा, यस्तो छ ३५ स्थानीय तहको नतिजा (सूचिसहित)

कात्तिक २०, २०७४
राती ११ : २० को अपडेट : कांग्रेसलाई पछ्याउँदै राजपा, यस्तो छ ३५ स्थानीय तहको नतिजा (सूचिसहित)
काठमाडौं, ५ असोज— दोस्रो चरणको स्थानीय तह निर्वाचनको मतगणना जारी छ । बिहिबार राती ११ बजेको मतगणनासम्मको परिणामअनुसार ३५ तहको स्थानीय नतिजा आएको छ ।Madhesh-Vote-Count
जसमा नेपाली कांग्रेस ११ तह जित्दै शीर्ष स्थानमा छ । यस्तै राजपा नेपाल ७ तह जित्दै कांग्रेसको पछिपछि रहेको छ ।
यस्तै माओवादी केन्द्र र नेकपा एमालेले ५—५ तह जित्दा संघीय समाजवादी फोरले ४ तह जितेको छ ।
यसैगरी लोकतान्त्रिक फोरमले २ तह जित्दा जनता दलले १ तह जितेको छ ।
विजयीहरु 
नेकपा एमाले
— धनुषा को मुखियापट्टी मुसहरनिया गाउँपालिकामा मनोज कुमार यादव
— पर्साको पटेर्वा सुगौली गाउँपालिकामा हरिनारायण चौधरी
— सिरहाको नरहा गाउँपालिकामा रामशरण यादव
— सप्तरीको सप्तकोशी नगरपालिका मा उत्तमकुमार गौतम
— धुनषा को बाटेश्वर गाउँपालिकामा डम्बर बहादुर राउत क्षेत्री

नेपाली कांग्रेस
— सिरहाको नवराजपुर गाउँपालिकामा विश्वमोहन यादव
— सर्लाहीको धनकौला गाउँपालिकामा राम आश्रय साह
— सर्लाही रामनगर गाउँपालिकामा कृष्णप्रसाद बर्मा
— सर्लाहीको हरिपूर्वा गाउँपालिकामा शिवराम राय
— सप्तरीको बेल्ही चपेना गाउँपालिकामा परमानन्द यादव
— सप्तरीको विष्णुपुर गाउँपालिकामा निलाम्बर यादव
— बाराको करैयामाई गाउँपालिकामा भुवनेश्वर धामी
— रौतहटको परोहा नगरपालिकामा शेख वकिल
— धनुषाको जनकनन्दिनी गाउँपालिकामा अब्दुल वारिक शेष
— धनुषा को औरही गाउँपालिका मा ब्रम्हदेव यादव
— धनुषा को धनौजी गाउँपालिकामा बद्रीनारायण सिंह



माओवादी केन्द्र
—सिरहाको कर्जन्हा नगरपालिकामा गंगा पासवान
— सिरहाको अर्नमा गाउँपालिकामा अशोककुमार यादव
— सिरहाको औरही गाउँपालिकामा सिद्धार्थ यादव
— रौतहटको मौलापुर नगरपालिकामा रीनाकुमारी साह
— पर्सा को ठोरी गाउँपालिकामा पदमलाल श्रेष्ठ
राजपा
— धनुषा को हंशपुर नगरपालिकामा रामज्ञान मण्डल
— सर्लाहीको कौडेना गाउँपालिकामा रामप्रसाद राय यादव
— सर्लाहीको ब्रह्मपुरी गाउँपालिकामा विनोद साह
— बाराको देवताल गाउँपालिकामा चन्दन सिंह
— पर्साको कालिकामाई गाउँपालिकामा नथुनी कुशवाह
— महोत्तरीको महोत्तरी गाउँपालिकामा सुनील राय
— सप्तरीको डाक्नेश्वरी नगरपालिकामा शिवनारायण साह

संघीय समाजवादी फोरम
— सर्लाहीको पर्सा गाउँपालिका मा किसुनदेव राय
— महोत्तरीको सोनमा गाउँपालिकामा राजकुमार यादव
— पर्साको विन्दबासिनी गाउँपालिकामा श्रीलाल साह कानू
— सिरहाको विष्णुपुर गाउँपालिकामा जागेश्वर यादव
— सिरहा को भगवानपुर गाउँपालिकामा बेचनप्रसाद यादव


नेपाल लोकतान्त्रिक फोरम
— रौतहटको इशनाथ नगरपालिकामा सन्तोष कुमार मेहता
— सर्लाहीको विष्णु गाउँपालिकामा जवाहर लाल यादव
जनता दल
पर्साको कालिकामाई गाउँपालिकामा नथुनीप्रसाद कुशवाहा

salt training

कमेन्ट गर्नुहोस्