
काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ ।
मंगलवार दिउँसो ३ बजेर ८ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो ।
बझाङलाई केन्द्रबिन्दु बनाएर मंगलवार दिउँसो ३ बजेर ६ मिनेटमा ६.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
करिब ३/४ सेकेन्डसम्म धक्का महसुस भएको थियो ।
आजै २:४० मा सुदूरपश्चिमको पहाडी भूगोल केन्द्रबिन्दु बनाएर ५.३ म्याग्निच्युडको धक्का महसुस भएको थियो ।
यसबारे विस्तृत विवरण भने आउन बाँकी नै छ ।