०७ साउन २०८३, बिहीबार

दक्ष जनशक्ति सबै भाग्ने, हातपाउ बसेका मात्र स्वदेशमा बस्ने अवस्था आयो– केपी ओली

असोज १६, २०८०
काठमाडौं
दक्ष जनशक्ति सबै भाग्ने, हातपाउ बसेका मात्र स्वदेशमा बस्ने अवस्था आयो– केपी ओली

एमाले अध्यक्ष एवं प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले युवा तथा दक्ष जनशक्ति पलायनप्रति चिन्ता व्यक्त गरेका छन् ।

सरकारको अक्षमताका कारण दक्ष जनशक्तिहरू पलायन भइरहेको उनको आरोप छ ।

'डाक्टरहरू भाग्ने, दक्ष जनशक्ति भाग्ने, दक्ष नभएका पनि काम गर्न पाउने उमेरका जति भाग्ने अनि हातपाउ बसेका मात्र यहाँ बस्ने अवस्था आउँदैछ,' मंगलवार प्रतिनिधिसभामा सम्बोधन गर्दै ओलीले भने ।

सरकार भने अपराधीहरूलाई उन्मुक्ति दिनमा व्यस्त रहेको आरोप उनले लगाए ।

'अपराधीहरूले उन्मुक्ति पाएका छन्, नियुक्ति पाएका छन्, यही हो डेमोक्रेसी ? यही हो समाजवादको आधार ?' ओलीले प्रश्न गरे, 'यो कस्तो सरकार हो ? इतिहासको कुन सरकारसँग यसलाई तुलना गर्ने ?'

उनले विद्यार्थीहरू विदेश पलायनका कारण खर्बौं रकम बाहिरिरहेको पनि बताए ।

कमेन्ट गर्नुहोस्