१८ असार २०८३, बिहीबार

दशैंको शुभसाइत कात्तिक ७ गते बिहान ११ बजेर २ मिनेटमा​​

असोज १६, २०८०
काठमाडौं
दशैंको शुभसाइत कात्तिक ७ गते बिहान ११ बजेर २ मिनेटमा​​

पञ्चाङ्ग निर्णायक समितिले दशैंको टीकाको साइत कात्तिक ७ गते बिहान ११ बजेर २ मिनेटमा उत्तम रहेको जनाएको छ।​

पञ्चाङ्ग निर्णायक समितिले मंगलवार एक विज्ञप्ति प्रकाशित गरी घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्मको दशैंको शुभसाइत सार्वजनिक गरेको हो ।​​

घटस्थापना असोज २८ गते बिहान ११ बजेर २९ मिनेटको समय उत्तम रहेको समितिले जनाएको छ ।

समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले मंगलवार जारी गरेको विज्ञप्तिमा घटस्थापना गर्नुअघि चित्रा नक्षत्र र वैधृत्ति योगको शान्ति गरी घटस्थापना गर्नु शास्त्र सम्मत देखिने जनाएका छन् । ​

यस्तो छ समितिको विज्ञप्ति

null

salt training

कमेन्ट गर्नुहोस्