२६ जेठ २०८३, मंगलबार

हत्यारालाई आममाफी दिने कार्य रोक्न माग गर्दै संसदमा रास्वपाको संकल्प प्रस्ताव दर्ता

असोज १६, २०८०
काठमाडौं
हत्यारालाई आममाफी दिने कार्य रोक्न माग गर्दै संसदमा रास्वपाको संकल्प प्रस्ताव दर्ता

हत्यारालाई आममाफी दिएर राजनीतिको अपराधीकरण र अपराधको राजनीतिकरण रोक्न माग गर्दै रास्वपाले प्रतिनिधिसभामा संकल्प प्रस्ताव दर्ता गरेको छ ।​

रास्वपा संसदीय दलका उपनेता डीपी अर्याल, निशा डाँगी र अशोककुमार चौधरीले मंगलवार प्रतिनिधिसभामा संकल्प प्रस्ताव दर्ता गरेका हुन् ।

‘राजनीति स्वार्थ केन्द्रित सरकारको सिफारिस संवैधानिक बाध्यताका कारण कार्यान्वयन गर्दा राष्ट्रपतिजस्तो सम्माननीय संस्थाको बदनाम न्युनीकरणका लागि’ संकल्प प्रस्ताव ल्याउनु परेको रास्वपाले जनाएको छ । ​

रास्वपाले विषयको गाम्भीर्यतालाई ध्यान दिएर तत्काल छलफल अगाडि बढाउन सभामुखको ध्यानाकर्षण गराएको छ ।

संविधान दिवसको अवसरमा राष्ट्रपतिबाट व्यक्ति हत्यामा संलग्नलाई आममाफी दिइएको भन्दै रास्वाले विरोध जनाउँदै आएको छ ।

सोमवार मात्र रास्वपा सभापति रवि लामिछानेलगायत सांसदले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका थिए ।

असोज १६ गते मंगलवार नै संकल्प प्रस्ताव दर्ता भइसकेको छ ।​

nullnull

salt training

कमेन्ट गर्नुहोस्