
१९औँ एसियाली खेलकुदमा नेपालले कम्तिमा एउटा पदक पाउने पक्का भएको छ ।
महिला कबड्डीतर्फ इरानले बङ्गलादेशलाई हराएपछि नेपालको कम्तिमा कास्यपदक जित्ने पक्का भएको हो ।
इरानले बंगलादेशलाई ५४–१६ अन्तरले पराजित गरेपछि नेपाल चीनमा पदकविहीन नहुने भएको हो ।
नेपालले अब समूह 'ए'मा रहेका भारत, दक्षिण कोरिया, चाइनिज ताइपेई र थाइल्यान्डमध्येको विजेतासँग सेमिफाइनल खेल्नेछ ।
यो सेमिफानल पनि जिते रजत पदक पक्का हुनेछ । तर यी सबै टिम नेपालभन्दा बलिया छन् ।
नेपाल समूह ‘बी’ मा नेपालले बंगलादेशलाई पराजित गरेको थियो । तर इरानसँग पनि पराजित हुन पुगेको थियो ।
इरानसँग पराजित भए पनि बंगलादेश पनि उसँग हारेपछि नेपालले कम्तिमा चीनमा भइरहेको इसियाडमा पदक पक्का गरेको हो । एसियाली खेलकुदमा कबड्डीमा सेमिफाइनलमा पुगेका दुई टिमले कास्य पदक पाउनेछन् ।