०९ साउन २०८३, शनिबार

सरकारमाथि शेखरको आक्रोश– 'जति दिन रह्यो, त्यति देश बर्बादीतर्फ जान्छ'

असोज १७, २०८०
काठमाडौं
सरकारमाथि शेखरको आक्रोश– 'जति दिन रह्यो, त्यति देश बर्बादीतर्फ जान्छ'

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकार तत्काल सच्चिनुपर्ने, नत्र छाड्नुपर्ने बताएका छन् । यो सरकार जति दिन रह्यो त्यति मुलुक बर्बादीतर्फ जाने उनको जिकिर छ ।

‘अब अति भयो, जति दिन यो सरकार राख्यो, त्यति देशको राष्ट्रियता, सार्वभौमिकता, राजनीतिक र आर्थिक अवस्था कमजोर हुँदै जान्छ । नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन अपरिहार्य भैसक्यो,’ कोइरालाले भने ।

कोइरालाले सरकारको हेपाहा प्रवृत्ति र बलमिच्याइँले चर्को महंगीका कारण जनताको चुलो नबल्ने अवस्थामा पुगेको बताए। जनतालाई सहुलियत दिनुपर्नेमा चाडपर्वको मुखमा दैनिक उपभोग्य वस्तुको भाउ बढ्नु राम्रो संकेत नभएको उनको भनाइ छ ।

कपिलवस्तुको तौलिहवामा आयोजित नेपाली कांग्रेस कपिलवस्तुको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै कोइरालाले सभापति शेरबहादुर देउवाले विधानसम्मत् पार्टी सञ्चालन नगरेकाले कांग्रेस पार्टी अप्ठ्यारो अवस्थामा पुगेको बताए ।

सभापति देउवासँग व्यक्तिगत रुपमा आफ्नो कुनै रिसराग नभएको तर पार्टी विधि र विधान अनुसार चल्नुपर्छ भन्ने कुरामा आफूले कसैसँग सम्झौता नगर्ने उनले बताए ।

‘पार्टीभित्र दूर–दराजका इमान्दार, निष्ठावान र सक्रिय साथीहरूको मूल्यांकन हुन सकेको छैन, त्यसैले कांग्रेसको जग नै कमजोर हुन थालेको छ,’ कोइरालाले भने ।

salt training

कमेन्ट गर्नुहोस्