×

NMB BANK
NIC ASIA

हमास आक्रमणको चपेटामा नेपाली

इजरायलबाट एक नेपाली युवकको चित्कार- 'म मरें भने आमाको उपचार गरिदिनू'

काठमाडाैं | असोज २०, २०८०

NTC
Premier Steels

इजरायलमा प्यालेस्टाइनी आतंकवादी समूह हमासको आक्रमणमा परी घाइते भएका एक नेपालीको कारुणिक भिडियो बाहिर आएको छ ।

Muktinath Bank

घाइते अवस्थामा देखिएका ती नेपालीले आफ्नो मृत्यु भएमा आमाको औषधोपचार गरिदिन भनेर आग्रह गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नौ सेकेन्ड लामो भिडियोमा उनले अँध्यारो कोठाबाट सन्देश प्रवाह गरेको देखिन्छ । भिडियोमा उनले भनेका छन्, 'म इजरायलमा मरें भने मेरो घरमा आमाको औषधि गर्दिनू है दाइ तपाईंले ।'


Advertisment
Nabil box
Kumari

'उनी सुदूरपश्चिमबाट यहाँ आएका विद्यार्थी हुन्,' लोकान्तरलाई भिडियो समेत उपलब्ध गराउँदै तेलअभिवमा रहेका रमेश जोशीले भने, 'उनले यो भिडियो इजरायलको गाजापट्टी क्षेत्रबाट मलाई पठाएका हुन् ।' 

Vianet communication

रमेश जोशी

प्रवासी नेपाली मञ्च इजरायलका सचिव समेत रहेका उनले बिहानैदेखि इजरायल अशान्त रहेको बताए ।

पुरानो राजधानी तेलअभिवमा मिसाइल डोम प्रहार भएको छ, तर डोम भूइँमा झरेको छैन । इजरायलको एन्टी डोम प्रतिरक्षा प्रणालीले ती डोमलाई रोकिरहेको छ ।

'मिसाइल आक्रमण भएलगतै यहाँ साइरन बज्छ, हामी दौडिँदै बंकरमा छिर्छौं, त्यसरी आक्रमण हुँदा पूरै धर्ती हल्लिन्छ,' उनले भने ।

यता हमासले हवाई आक्रमणसंगै स्थल आक्रमणलाई पनि उत्तिकै प्राथमिकता दिएको छ, जसका कारण इजरायल र प्यालेस्टाइनको विवादित क्षेत्र गाजापट्टीमा धेरैले ज्यान गुमाएका छन् । ठूलो संख्यामा नागरिक अंगभंग भएको इजरायली समाचार संस्थाहरूले बताएका छन् । 

स्थलमार्गबाट आएका आक्रमणकारीको आक्रमणमा ९ नेपाली विद्यार्थी घाइते भएको र २ को अवस्था गम्भीर रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सुदूरपश्चिमको कैलाली घर भएका जोशीले अगाडि भने, 'मैले धेरै दाजुभाइलाई सम्पर्कको कोशिश गरें, कतिजना त अहिले सम्पर्कमै आएका छैनन्, कतिले आफ्नो कठिनाइको भिडियो सन्देश पठाएका छन् ।'

गाजापट्टीको नेगेभ क्षेत्रको नितिवोदमा गाई, कुखुरा, तरकारी उत्पादन हुने अलमिन किबुज फार्ममा काम गर्ने १७ नेपाली अहिले सम्पर्कमा नआएको जोशीको भनाइ छ ।

नेपाली दूतावासमा पनि जानकारी गराएको र दूतावासका पदाधिकारीहरू पनि निस्किने अवस्थामा नरहेको जानकारी पाएको जोशीले बताए ।

उनका अनुसार सो क्षेत्रमा सुदूरपश्चिम विश्व विद्यालयका ४९ जना विद्यार्थी सेदोत नेगेभ एग्रिकल्चर सेन्टरमार्फत पढाइ र काम गर्दै आएका छन् ।

 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x