२४ जेठ २०८३, आइतबार

दक्षिण अफ्रिकाले दिएको ‘कीर्तिमानी’ लक्ष्य भेट्टाउन सकेन श्रीलंकाले, १०२ रनले पराजित

असोज २१, २०८०
काठमाडौं
दक्षिण अफ्रिकाले दिएको ‘कीर्तिमानी’ लक्ष्य भेट्टाउन सकेन श्रीलंकाले, १०२ रनले पराजित

भारतमा जारी एकदिवसीय क्रिकेट विश्वकपमा दक्षिण अफ्रिकाले दिएको ‘कीर्तिमानी’ लक्ष्य पछ्याउन नसकेपद्धि श्रीलंका भारी अन्तरले पराजित भएको छ । 

दिल्लीमा शनिवार राति सकिएको खेलमा श्रीलंका दक्षिण अफ्रिकासँग १०२ रनले पराजित भएको हो ।

दक्षिण अफ्रिकाले दिएको ४२९ रनको  ‘कीर्तिमानी’ विशाल लक्ष्य पछ्याएको श्रीलंका ४४.५ ओभरमा अलआउट हुन पुगेको थियो । यद्यपि, श्रीलंकाले ३२६ रन बनाउन सक्यो । तर, जीतका लागि यो पर्याप्त भएन । 

श्रीलंकाका ३ खेलाडीले अर्धशतक बनाएका थिए । चारिथ बसालान्काले सर्वाधिक ७९, कुशल मेन्डिसले ७६ र कप्तान दसुन शानाकाले ६८ रन जोडे । 

दक्षिण अफ्रिकाका जेराल्ड कोइट्जीले सर्वाधिक ३ विकेट लिए । 

 यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले श्रीलंकालाई ४२९ रनको  ‘कीर्तिमानी’ विशाल लक्ष्य दिएको थियो । आफ्ना ३ खेलाडीले शतक हानेपछि दक्षिण अफ्रिकाले ४२९ रनको विशाल लक्ष्य दिन सफल भएको हो ।

दक्षिण अफ्रिकाले पूरै ओभर खेल्दै ५ विकेटको क्षतिमा ४२८ रन बनाएको हो । यो योगफल विश्वकप इतिहासकै उच्च हो । 

दक्षिण अफ्रिाकाका रसी भान डेर डुसेन, उइडेन मार्करम र क्लिन्टन डी ककले शतकीय पारी खेलेका हुन् । डुसेनले १०८, मार्करमले १०६ र ककले १०० रन बनाएका हुन् ।

यस खेलमा ३ वटा कीर्तिमान बनेका थिए । पहिलो– विश्वकप इतिहासमा पहिलो पटक एकै खेलमा ३ शतक प्रहार । दोस्रो– धेरै योगफल बन्नु । तेस्रो– मार्करमले विश्वकप इतिहासकै सर्वाधिक छिटो ४९ बलमा शतक गर्नु । 

मार्करम खेलको उत्कृष्ट खेलाडीसमेत घोषित भए ।  

salt training

कमेन्ट गर्नुहोस्