२१ असार २०८३, आइतबार

नेपाल–भारतबीच सुरक्षासम्बन्धी बैठक सम्पन्न

असोज २१, २०८०
काठमाडौं
नेपाल–भारतबीच सुरक्षासम्बन्धी बैठक सम्पन्न

सुरक्षासम्बन्धी भारत–नेपाल द्विपक्षीय परामर्श समूहको पन्ध्रौं बैठक पोखरामा सम्पन्न भएको छ । 

बैठकमा पारस्परिक सुरक्षा, प्रतिरक्षा सामग्रीको आपूर्ति, प्रशिक्षण तथा क्षमता अभिवृद्धि, संयुक्त सैन्य अभ्यास, विपद् व्यवस्थापनमा सहकार्य र सूचनाको आदानप्रदानलगायत विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र मन्त्रालयको दक्षिण एसिया महाशाखाका प्रमुख  भृगु ढुङ्गानाले गरेका थिए भने भारतीय टोलीको नेतृत्व  विदेश मन्त्रालयको उत्तर महाशाखाका सहसचिव अनुराग श्रीवास्तवले गरेका थिए ।  दुवै प्रतिनिधिमण्डलमा रक्षा, परराष्ट्र एवम् गृह मन्त्रालय तथा भारतीय र नेपाली सेनाका निर्देशनालयका अधिकारीहरुको सहभागिता थियो । 

द्विपक्षीय सुरक्षा सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले २० वर्षअघि नेपाल–भारत द्विपक्षीय परामर्श समूह गठन भएको हो । सुरक्षासम्बन्धी सहकार्य गर्ने भारत र नेपालबीचको यो एउटा महत्वपूर्ण संस्थागत संयन्त्र हो ।
 

salt training

कमेन्ट गर्नुहोस्