०९ साउन २०८३, शनिबार

ललितपुर उद्योग वाणिज्य सङ्घको अध्यक्षमा बज्राचार्य निर्वाचित

असोज २१, २०८०
काठमाडौं
ललितपुर उद्योग वाणिज्य सङ्घको अध्यक्षमा बज्राचार्य निर्वाचित

पाटन–उद्योग व्यवसायीहरूको संस्था ललितपुर उद्योग वाणिज्य सङ्घको अध्यक्ष पदमा विश्वराज बज्राचार्य निर्वाचित भएका छन् । शनिवार भएको मतदानमा उनले ६४६ मत प्राप्त गरेका थिए । 

वरिष्ठ उपाध्यक्षमा सुशन महर्जन,  उपाध्यक्षमा आपुलाल अवाले (उद्योग समूह) र उपाध्यक्षमा सुनिल शाक्य (वाणिज्य समूह) र मेषसिंह महर्जन (संस्थागततर्फ) विजयी भए ।

महासचिव र कोषाध्यक्ष पदमा क्रमशः भूमिनन्द कर्माचार्य र राजु महर्जन निर्वाचित भएका छन् । हरेक तीन वर्षमा सङ्घको नेतृत्व परिवर्तन हुने व्यवस्था रहेको निवर्तमान अध्यक्ष मनोजबहादुर न्याछ्योले जानकारी गराए ।

निर्माण व्यवसायी सङ्घको अध्यक्षमा महर्जन

ललितपुरका निर्माण व्यवसायीको संस्था निर्माण व्यवसायी सङ्घ ललितपुरको अध्यक्ष पदमा पञ्चराम महर्जन निर्विरोध निर्वाचित भएका छन् । सङ्घको १४औँ साधारणसभा तथा सातौँ अधिवेशनले  महर्जनसहित १९ सदस्यीय कार्यसमिति निर्विरोध चयन समेत गरेको छ ।

सङ्घको वरिष्ठ उपाध्यक्ष भगिरथ तिमल्सिना, प्रथम उपाध्यक्ष अमर शाक्य, द्वितीय उपाध्यक्ष मोहनकृष्ण बस्नेत, सचिव दिनेश श्रेष्ठ, सहसचिव हरिघर श्रेष्ठ, कोषाध्यक्ष गोकुल खड्का र सहकोषाध्यक्षमा श्यामकुमार गिरी निर्विरोध निर्वाचित भएका छन् ।

त्यस्तै कार्यसमिति जनजाति सदस्यमा कृष्णकुमार महर्जन, महिला सदस्यमा मीना भण्डारी, दलित सदस्यमा भवनाथ दुदराज र खुला सदस्यमा पुस्कर श्रेष्ठ, विश्वास श्रेष्ठ, जितेन्द्र देशार, राजु महर्जन, जगतबहादुर लो, श्यामज्योति बोहोरा, दोलराज अधिकारी, कविन्द्रकुमार लामा निर्विरोध निर्वाचित भएका छन् ।

सङ्घको निर्वाचन अधिकृत विदुरबहादुर घिमिरेका अनुसार पदाधिकारीमा आठ र सदस्यमा ११ गरी १९ जनाको मात्रै उम्मेदवारी परेको थियो । १९ जनाले मात्रै उम्मेदवारी दर्ता गराएपछि अरु कसैको पनि दाबीविरोध नपरेको हुँदा उनीहरू निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत घिमिरेले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्