०८ साउन २०८३, शुक्रबार

परराष्ट्रमन्त्री साउदले लिए इजरायली राजदूतसँग नेपालीको उद्धार र सुरक्षाबारे जानकारी

असोज २१, २०८०
काठमाडौं
परराष्ट्रमन्त्री साउदले लिए इजरायली राजदूतसँग नेपालीको उद्धार र सुरक्षाबारे जानकारी
फाइल फोटो

परराष्ट्रमन्त्री एनपी साउदले नेपालका लागि इजरायली राजदूत हनान गोडरसँग छलफल गरेका छन् ।​

आइतवार मन्त्रालयमा बोलाएर उनले राजदूत गोडरसँग इजरायलमा हमासले गरेको आक्रमणका बारेमा छलफल गरेका हुन् ।

उनीहरूबीच इजरायलको हालको अवस्था, इजरायलमा रहेका नेपालीको सुरक्षा, आक्रमणमा परेका नेपालीको उपचार र उद्धारबारे छलफल भएको थियो ।

जवाफमा राजदूत गोडरले इजरायली सरकारका तर्फबाट नेपालीको सुरक्षा, घाइतेको उपचार र उद्धारमा पूर्ण प्रयास रहने प्रतिबद्धता जनाएका थिए ।

उनले इजरायलको कठिन समयमा नेपालले व्यक्त गरेको सहानुभूति प्रति सरकारलाई धन्यवाद समेत दिएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्