१२ साउन २०८३, मंगलबार

चलचित्र ‘प्रसाद २’को विवादमा ओएसआर डिजिटलका सञ्चालक ओमप्रकाश अग्रवाल पक्राउ

असोज २१, २०८०
काठमाडौं
चलचित्र ‘प्रसाद २’को विवादमा ओएसआर डिजिटलका सञ्चालक ओमप्रकाश अग्रवाल पक्राउ

ओएसआर डिजिटलका सञ्चालक ओमप्रकाश अग्रवाल पक्राउ परेका छन् ।

उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो । चलचित्र ‘प्रसाद २’को विवादमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

चलचित्र डिजिटल राइटको विवादमा ‘प्रसाद २’ का निर्माता सुदर्शन बस्नेतले उजुरी दिएपछि अग्रवाल पक्राउ परेका हुन् ।

निर्माता बस्नेतले चलचित्र प्रसाद २ आफ्नो मन्जुरीविना नै अग्रवाल, सुदर्शन थापा र मिलन श्रेष्ठले स्वदेश तथा विदेशमा प्रशारण गरी आफूलाई १ करोड ५० लाख रुपैयाँ आर्थिक नोक्सानी पुर्‍याएको जाहेरीमा दाबी गरेका छन् ।​

तीनै जना उपर ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ अन्तर्गत कारवाही गर्न उनले माग गरेका छन् ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्