
बर्दियाको राजापुर नगरपालिका वडा नम्बर ७ स्थित श्री सरस्वती बाल प्राथमिक विद्यालय शंकरपुरका प्रधानाध्यापक लक्ष्मीदेवी उपाध्यायविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
घुस लिएको आरोपमा उपाध्यायविरुद्ध आइतवार विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
आयोगका प्रवक्ता भोला दाहालका अनुसार उनले सेवाग्राहीसँग १४ हजार ५ सय रुपैयाँ घुस लिएका थिए ।
अख्तियारको टोलीले उनलाई गत भदौ २६ गते घुस रकम लिइसकेको अवस्थामा रंगेहात पक्राउ गरेको थियो ।