२८ जेठ २०८३, बिहीबार

अर्थतन्त्र चलायमान बनाउन उपभोक्ताको आत्मविश्वास बढाउन आवश्यक छ : चन्द्र ढकाल

असोज २१, २०८०
काठमाडौं
अर्थतन्त्र चलायमान बनाउन उपभोक्ताको आत्मविश्वास बढाउन आवश्यक छ : चन्द्र ढकाल
फाइल फोटो

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्रलाई चलायमान बनाउन आम उपभोक्ताको आत्मविश्वास बढाउनुपर्ने बताएका छन् ।

काठमाडौंमा नेपाल जग्गा तथा आवास विकास महासंघद्वारा आयोजित रियल स्टेट व्यवसायी वृहत् भेला २०८० लाई सम्बोधन गर्दै अध्यक्ष ढकालले सबै मिलेर आम उपभोक्ताको आत्मविश्वास बढाउनुपर्ने बताएका हुन् ।

“बाह्य सूचकहरू सकारात्मक देखिए पनि आम उपभोक्ताको आत्मविश्वास बढ्न नसक्दा अर्थतन्त्र चलायमान हुन सकेको छैन । यसलाई चलायमान बनाउन र सही ट्रयाकमा ल्याउन आम उपभोक्ताको आत्मविश्वास बढाउन जरुरी हुन्छ । यसमा अर्थतन्त्रका सबै सरोकारवाला मिलेर अगाडि बढ्नुपर्छ,” उनले भने ।

उनले आम उपभोक्ताको कन्फिडेन्स बढाउँदै अर्थतन्त्रलाई चलायमान बनाउन महासंघले यही असोज २५ गते अर्थतन्त्रका सबै सरोकारवाला पक्षलाई भेला गरी प्रधानमन्त्रीको प्रमुख आतिथ्यमा वृहत् राष्ट्रिय छलफलको आयोजना गर्न गइरहेको उनले जानकारी दिए । 

“अर्थतन्त्रका सबै सरोकारवालाहरू एक ठाउँमा आएर स्पष्ट रोडम्याप नबनाइ संकटको समाधान हुँदैन । त्यसका लागि सरकार, निजी क्षेत्र, विकास साझेदार तथा अन्य सरोकारवालाहरूको सहभागितामा वृहत् आर्थिक बहस सञ्चालन गरी समाधानको रोडम्याप पहिल्याउने प्रयास नेपाल उद्योग वाणिज्य महासंघले थालेको छ । यसमा सबैको साथ र सहयोगको आवश्यकता छ,” उनले भने ।

उनले हालका चुनौती तथा आसन्न संकटबाट व्यवसाय तथा अर्थतन्त्रलाई जोगाउन आर्थिक गतिविधि बढाउन आवश्यक रहेको बताउँदै सरकार र निजीक्षेत्र मिलेर बजारमा माग बढाउने अवस्था सिर्जना गर्नुपर्ने बताए ।

salt training

कमेन्ट गर्नुहोस्