
इजरायलमा शनिबार भएको आतंककारी हमलामा १० जना नेपाली मारिएको पुष्टि भएको छ । यस्तै एक जना नेपालीको अवस्था अझै अज्ञात रहेको इजरायलस्थित नेपाली राजदूत कान्ता रेग्मीले जानकारी दिइन् ।
रेग्मीका अनुसार दुई जनाको अवस्था सामान्य रहेको छ भने दुई जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। यसैगरी अन्य दुई जना प्रहरीको आश्रयमा छन् ।
इजरायलको दक्षिणी क्षेत्र किवुज अलुमिम भन्ने स्थानमा प्यालेस्टाइनको हमास आतंकवादी समूहको आक्रमणमा उनीहरुको मृत्यु भएको हो। उनीहरु कृषि फार्ममा कार्यरत रहेका थिए । हमास समूहले शनिबार रकेट र स्थलमार्गबाट आक्रमण गर्दा नेपालीसहित सयौ हताहती भएका हुन् ।