२३ असार २०८३, मंगलबार

इजरायल घटना: स्वदेश फर्किन चाहने नेपालीको विवरण संकलन गरिँदै

असोज २२, २०८०
काठमाडौं
इजरायल घटना: स्वदेश फर्किन चाहने नेपालीको विवरण संकलन गरिँदै

सरकारले इजरायल घटनाका मृतकहरूको शव पहिचान गर्ने कार्य अन्तिम चरणमा रहेको जनाएको छ । परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै मृतकहरूको शव पहिचानको गर्ने कार्य अन्तिम चरणमा रहेको जनाएको हो । 'मृतकहरूको शव पहिचानको गर्ने कार्य अन्तिम चरणमा रहेको छ। शव पहिचान गरी यथाशक्य छिटो नेपाल ल्याउन एवं घाइतेहरूको उद्दार र उचित उपचारको प्रबन्ध गर्न इजरायल सरकार समक्ष अनुरोध भइसकेको छ,' मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ । 

मृतकहरूको शव पहिचान गरी तत्काल नेपाल ल्याउन एवं घाइतेहरूको उद्दार र उचित उपचारको प्रबन्ध गर्न इजरायल सरकार समक्ष अनुरोध भइसकेको मन्त्रालयले जनाएको छ । 

इजरायलबाट स्वदेश फर्कन चाहने नेपाली नागरिकको विवरण संकलनको लागि परराष्ट्र मन्त्रालय, तेल अभिभस्थित नेपाली राजदूतावास र इजरायल सरकारको समन्वयमा अनलाइन रजिस्ट्रेसनको तयारी भइरहेको विज्ञप्तिमा उल्लेख छ । 

नेपाली राजदूतावास तेल अभिभ, इजरायलबाट प्राप्त पछिल्लो जानकारी अनुसार इजरायलको गाजासँगको सीमाना लगायतका क्षेत्रमा भएको पछिल्लो आक्रमणमा परी १० जना नेपाली नागरिकहरूले ज्यान गुमाएका, एक जना सम्पर्कविहीन रहेका र केही घाइते अवस्थामा रहेका पुष्टि गरेको छ । 

हाल तेल अभिभस्थित विमानस्थल सामान्य रूपमा सञ्चालनमा रहेको र हवाई मार्गमार्फत् आवत जावत सुचारू भइरहेको जानकारी प्राप्त भएको मन्त्रालयले जनाएको छ ।

इजरायलमा रहेका सम्पूर्ण नेपालीलाई सजगता अपनाउन र नेपाली राजदूतावाससँग सम्पर्कमा रहन मन्त्रालयले अनुरोध गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्