
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले इजरायलस्थित बंकरमा रहेका एक नेपाली विद्यार्थी विपिन सुवेदीसँग भिडियो कुराकानी गरेका छन् ।
इजरायली दूतावासमा पनि लगातार कुरा भइरहेको र परराष्ट्र मन्त्रीस्तरमा पनि कुरा कुरा हुने भन्दै उनले नआत्तिन आग्रह गरेका छन् ।
नेपाली नागरिकलाई छिटोभन्दा छिटो रेस्क्यु गर्न प्रयासरत रहेको प्रधानमन्त्री प्रचण्डले सुवेदीलाई जानकारी दिएका हुन् ।
सबै विद्यार्थीसँग कम्युनिकेट गरी उक्त म्यासेज दिन प्रधानमन्त्रीले सुवेदीलाई आग्रह गरेका छन् ।
उताबाट सुवेदीले पनि विद्यार्थीहरूलाई एक जोर कपडा र पासपोर्ट तयारी अवस्थामा राख्न भनिएको जवाफ दिएका छन् ।
सुवेदी सिक्दै कमाउँदै कार्यक्रमअन्तर्गत सुदूरपश्चिम विश्वविद्यालयबाट इजरायल गएका ४९ जना विद्यार्थीहरूका टीम लिडर हुन् ।
४९ मध्ये १० जनाको मृत्यु भएको इजरायलस्थित नेपाली दूतावासले जनाएका छन् । बाँकी विद्यार्थीहरू त्रासमा बंकरभित्र लुकेर बसिरहेका छन् ।
शनिबार बिहानदेखि प्यालेस्टाइनी विद्रोही समूह हमासले आक्रमण गरेका कारण इजरायलको अवस्था तनावग्रस्त छ ।
यसबीचमा ७०० जनाको मृत्यु भइसकेको अन्तर्राष्ट्रिय मिडियाहरूले जनाएका छन् ।